वैदेशिक रोजगार बीमामा चरम विकृति, ८०० रुपैयाँसम्मको कमिशनको चलखेल

  • अरुण सापकोटा
  • 2024 Jun Sun 21:18
वैदेशिक रोजगार बीमामा चरम विकृति, ८०० रुपैयाँसम्मको कमिशनको चलखेल

काठमाडौं । वैदेशिक रोजगार बीमामा चरम विकृति बढ्दै गएको छ । जीवन बीमा कम्पनीहरुले बीमा शुल्क भित्र्याउने बहानामा दलालहरुलाई पोस्ने क्रम बढे सँगै कमिशनको चलखेल बढिरहेको स्यंम बीमकहरु बताउछन् ।

नियम अनुसार सरकारले अनिवार्य गरेका व्यवसायमा कमिशन लिन नपाइने नेपाल बीमा प्राधिकरणका प्रवक्ता तथा निर्देशक सुशिलदेव सुवेदीले जानकारी दिए । सरकारले वैदेशिक रोजगार बीमालेखमा बीमा कम्पनीहरुले एक रुपैयाँ पनि कमिशन दिन नपाउने उनले बताए ।

तर जीवन बीमा कम्पनीहरुले व्यवसाय भित्र्याउने बहानामा अप्रत्यक्ष रुपमा प्रति पोलिसी ८०० रुपैयाँसम्म कमिशन वितरण गरिरहेको पाइएको छ । यसका लागि बीमा कम्पनीहरुले डमी कर्मचारी सिर्जना गर्ने तथा विभिन्न शिर्षकमा कमिशन वितरण गर्ने गरेको एक बीमकले जानकारी दिए ।

यसरी वैदेशिक रोजगार बीमालेखमा ठुलो कमिशन दिदा कम्पनीहरुले कालान्तरमा ठुलो नोक्सानी बेहोर्नु पर्ने ति अधिकारीले बताए । वैदेशिक रोजगार विभाग तिर जाने हो भने दलालहरु बीमाका लागि हानाथाप गरिरहेको देखिन थालिसकेको छ । तर २०७५ साल भन्दा अगाडीको समयमा जस्तो चोक चोकमा बसेर हातमा राहदानी देख्ने वित्तीकै हात तान्नेसम्मको अवस्था मात्रै देखिन बाँकी छ । यसरी नै कम्पनीहरुले दलालहरुलाई व्यवसायका नाममा पोस्दै जाने हो भने त्यो अवस्था पनि नफर्केला भन्न सकिदैन ।

यहि अवस्थालाई नियन्त्रण गर्न नेपाल बीमा प्राधिकरणले २०७५ माघदेखि पुल मार्फत बीमा गराउने व्यवस्था गरेको थियो । तर केहि कम्पनीको दवाव पछि नेपाल बीमा प्राधिकरणले २०७९ साउनदेखि पुल नै खारेज गरिदियो । वैदेशिक रोजगार विभागले नेपाल बीमा प्राधिकरणलाई खुला अर्थतन्त्रमा यस्तो व्यवस्था जायज नभएको हुँदा पटक पटक विमती राखेपछि हटाइएको नेपाल बीमा प्राधिकरणका निर्देशक सुवेदीले जानकारी दिए । उनका अनुसार पुल मार्फत धेरै बिकृतिहरु हटिसकेको थियो । तर पछिल्ला दिनमा पहिलाका विकृतिहरु पुनरागमन हुन थालेको गुनासोहरु आइरहेको हुँदा यसमा अध्ययन गरिने बताए । प्राधिकरणले आवश्यक अध्ययन गरेर मात्रै यस विषयमा कदम चाल्ने उनले जानकारी दिए ।

केहि बीमा कम्पनीहरुले बजार खोस्न हदैसम्मका कामहरु गरिरहेको सन नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले बताए । कुनै समयमा वैदेशिक रोजगार जीवन बीमा व्यवसायमा सन नेपाल लाइफ एक्लैको ५० प्रतिशत भन्दा धेरै बजार हिस्सा थियो । तर अहिले २५.०८ प्रतिशतमा झरिसकेको छ । यस क्रममा केहि कम्पनीहरुले डिजिटल भुक्तानी सेवा प्रदायकहरुलाई समेत प्रयोग गरेर उनिहरुलाई धेरै कमिशन दिएर समेत बजार खोस्ने काम भइरहेको एक कम्पनीका उच्च अधिकारीले बताए । यदि वैदेशिक रोजगार बीमामा कमिशन नदिइ व्यवसाय गर्ने हो भने कम्पनीको मुनाफामा राम्रो प्रभाव पार्छ । आवधिक जीवन बीमा पोलिसी भएकाले यसको दायित्व एकदमै अल्पकालिन हुन्छ । यसबाट आर्जन भएको आम्दानीलाई छिट्टै मुनाफामा देखाउन पाउने भएकाले पनि कम्पनीहरु यस प्रति लालायित भएका हुन् । त्यसैले कम्पनीहरुले धेरै व्यवसाय देखाउन अथवा मुनाफा बढाउन बलियो अस्त्र बनाउने गरेका छन् ।  

यसका लागि कम्पनीहरुले कमिशनमा मोटो रकम खर्चिने गर्छन् । नियम अनुसार वैदेशिक रोजगार बीमामा कमिशन दिन मिल्दैन । यो कम्पनी स्वयंले आफ्नो च्यानल प्रयोग गरेर स्वतस्फुर्त रुपमा बिक्री गर्नु पर्छ । यसले गर्दा यसमा अभिकर्ताको भुमिका हुँदैन तर खुलेआम हिड्ने दलालहरुले कम्पनीहरु सँग २ सयदेखि ८ सयसम्मको कमिशनको बागर्नेनिङ गर्ने गर्छन् ।

बीमितहरुले यस्तो बीमालेख कम्पनीको वेयवसइटमा गएर अनलाइन प्रणालीबाट खरिद बिक्री गर्न सक्छन् । तर अनलाइनको जानकारी नभएका तथा चलाउन नजान्नेहरुलाई अगाडी सार्दै कम्पनीहरु सँग ठुलो रकम कमशिनको रुमपा वार्गेनिङ गर्छन् । २०७५ साल भन्दा अगाडी यस्तै अवस्था थियो । नियम अनुसार सोझै कमिशन दिन नमिले पछि बीमा कम्पनीहरुले कर्मचारी बनाएरै कमिशन फरफार गर्ने गर्थे । तत्कालिन प्राइम लाइफको केहि घटना बाहिरिदा बीमा क्षेत्रमै नराम्रो असर पुर्याएको थियो ।

अहिले पनि केहि कम्पनीरुले वैदेशिक रोजगार विभाग, म्यानपावरमा डमी कर्मचारी नियुक्ति गरि यस्ता गैरकानुनी कमिशनलाई तलबको रुपमा वितरण गर्ने अभ्यास सुरु भइसकेको एक जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले जानकारी दिए ।

वैदेशिक रोजगार बीमालेखबाट कम्पनीहरुले आर्जन गर्ने बीमा शुल्क

कुनै पनि व्यक्ति श्रम स्विकृति लिएर वैदेशिक रोजगारीमा जाँदा अनिवार्य रुपमा बीमा गर्नुपर्ने नियम छ । व्यक्तिले वैदेशिक रोजगारीका लागि कुन देश जान लागेको भन्ने बारेमा खुलाएर उसको उमेर र काम गर्नै अवधिका आधारमा यो बीमा गरिन्छ ।

वैदेशिक रोजगार म्यादी बीमा गर्दा लाग्ने बीमाशुल्क सो व्यक्तिको उमेर र काम गर्ने अवधि अर्थात बीमा अवधिका आधारमा फरक फरक हुन्छ । जसमा १८ वर्षको एक युवाले गर्दा लाग्ने प्रिमियम शुल्क र ६४ वर्षको उमेरकाले बीमा गर्दा लाग्ने प्रिमियममा ३ गुणासम्मको फरक पर्दछ । बीमा प्राधिकरणले उमेर समूहको आधारमा ४ प्रकारले प्रिमियम शुल्क तोकेको छ ।

१८ देखि ३५ वर्ष समूहका व्यक्तिहरुका लागिः

१ वर्ष अवधिको बीमा गर्दा १ हजार ४ सय ८६ रुपैयाँ ।

१.५ वर्ष अवधिको बीमा गर्दा २ हजार २ सय २९ रुपैयाँ ।

२ वर्ष अवधिको बीमा गर्दा २ हजार ६ सय ४६ रुपैयाँ ।

२.५ वर्ष अवधिको बीमा गर्दा ३ हजार ३ सय ८ रुपैयाँ ।

३ वर्ष अवधिको बीमा गर्दा ३ हजार ५ सय २४ रुपैयाँ ।

३.५ वर्ष अवधिको बीमा गर्दा ४ हजार १ सय ११ रुपैयाँ ।

४ वर्ष अवधिको बीमा गर्दा ४ हजार ४ सय २३ रुपैयाँ ।

४.५ वर्ष अवधिको बीमा गर्दा ४ हजार ९ सय ७६ रुपैयाँ ।

५ वर्ष अवधिको बीमा गर्दा १ हजार ५ सय ४८ रुपैयाँ ।

५.५ वर्ष अवधिको बीमा गर्दा ५ हजार ६ सय ६३ रुपैयाँ ।

६ वर्ष अवधिको बीमा गर्दा ५ हजार ७ सय २८ रुपैयाँ ।

६.५ वर्ष अवधिको बीमा गर्दा ६ हजार २ सय ५ रुपैयाँ ।

त्यसैगरी, ३६ देखि ५० वर्ष समूहका व्यक्तिहरुका लागिः

१ वर्ष अवधिको बीमा गर्दा २ हजार १ सय ७५ रुपैयाँ ।

१.५ वर्ष अवधिको बीमा गर्दा ३ हजार २ सय ६३ रुपैयाँ ।

२ वर्ष अवधिको बीमा गर्दा ३ हजार ६ सय २५ रुपैयाँ ।

२.५ वर्ष अवधिको बीमा गर्दा ४ हजार ५ सय ३१ रुपैयाँ ।

३ वर्ष अवधिको बीमा गर्दा ५ हजार ९ सय ३० रुपैयाँ ।

३.५ वर्ष अवधिको बीमा गर्दा ५ हजार ७ सय ५२ रुपैयाँ ।

४ वर्ष अवधिको बीमा गर्दा ६ हजार ९० रुपैयाँ ।

४.५ वर्ष अवधिको बीमा गर्दा ६ हजार ८ सय ५१ रुपैयाँ ।

५ वर्ष अवधिको बीमा गर्दा ७ हजार १ सय ५ रुपैयाँ ।

५.५ वर्ष अवधिको बीमा गर्दा ७ हजार ८ सय १६ रुपैयाँ ।

६ वर्ष अवधिको बीमा गर्दा ८ हजार ४ सय ११ रुपैयाँ ।

६.५ वर्ष अवधिको बीमा गर्दा ९ हजार १ सय १२ रुपैयाँ ।

यस्तै ५१ देखि ६४ वार्ष समूहका व्यक्तिहरुका लागिः

१ वर्ष अवधिको बीमा गर्दा ५ हजार ७६ रुपैयाँ ।

१.५ वर्ष अवधिको बीमा गर्दा ७ हजार ६ सय १४ रुपैयाँ ।

२ वर्ष अवधिको बीमा गर्दा ८ हजार २ सय ५० रुपैयाँ ।

२.५ वर्ष अवधिको बीमा गर्दा ९ हजार ६३ रुपैयाँ ।

३ वर्ष अवधिको बीमा गर्दा ९ हजार ५ सय ७० रुपैयाँ ।

३.५ वर्ष अवधिको बीमा गर्दा ११ हजार १ सय ६५ रुपैयाँ ।

४ वर्ष अवधिको बीमा गर्दा १२ हजार ३५ रुपैयाँ ।

४.५ वर्ष अवधिको बीमा गर्दा १३ हजार ५ सय ३९ रुपैयाँ ।

५ वर्ष अवधिको बीमा गर्दा १४ हजार ५ सय रुपैयाँ ।

५.५ वर्ष अवधिको बीमा गर्दा १५ हजार ९ सय ५० रुपैयाँ ।

६ वर्ष अवधिको बीमा गर्दा १६ हजार ८ सय २० रुपैयाँ ।

६.५ वर्ष अवधिको बीमा गर्दा १८ हजार २ सय २२ रुपैयाँ ।

त्यसैगरी ६४ वर्ष भन्दा बढी उमेरका व्यक्तिहरुका लागि बीमा कम्पनीले तोके अनुसार प्रिमियम मूल्य कायम हुन्छ । तर, ५१ देखि ६४ वर्ष उमेर समूहलाई लाग्ने मूल्यमा ५० प्रतिशत भन्दा बढी थप गर्न कम्पनीले पाउँदैन ।

उक्त सबै समूह र उमेरको प्रिमियम मूल्यमा घातक रोग वापतको थप ४०० रुपैयाँ प्रिमियम शुल्क लाग्छ । जस्तै, १८ वर्षको उमेरका एक व्यक्तिले १ वर्षको लागि यस प्रकारको बीमा गर्दा १४ सय ८६ रुपैयाँमा ४ सय थप हुदाँ १८ सय ८६ रुपैयाँ प्रिमियम तिर्नु पर्ने हुन्छ ।

यसरी गरिएको बीमाको अवधिभित्र व्यक्तिको कुनै दुर्घटना तथा मृत्यु भएमा सो बमोजिम दावी भुक्तानी कम्पनीले दिने गर्दछ । दुर्घटनाको सन्दर्भमा कस्तो प्रकारको दुर्घटना, शरिरको कुन भाग तथा अंगमा कति क्षति भयो लगायत विभिन्न कुराहरुको अध्ययन गरेर कम्पनीले दावी भुक्तानी गर्ने गर्दछ ।

यसरी निर्धारण हुने बीमा शुल्कमा नेपाल बीमा प्राधिकरणले कमिशनको भागबाट हुने खर्चलाई घटाएर मूल्याङ्कन गरेको हुन्छ । बीमाङ्कीको मूल्याङ्कनमा नै नभएको कमिशनलाई विभिन्न बहानामा दिनु पर्ने अवस्था बनाउनु नै कम्पनीहरुको गैरकानुनी कदम हो ।

दाबी भुक्तानी सम्बन्धी व्यवस्था

उक्त बीमा गरेका व्यक्तिको सो समय अवधिको  मृत्यु भएमा सो व्यक्तिको परिवारले जतिसक्दो छिटो कम्पनीमा दाबीको लागि निवेदन दिनु पर्दछ । यसरी निवेदन दिँदा वडा कार्यलयबाट जारी मृत्युदर्ता प्रमाणपत्र, नाता प्रमाणपत्र, विदेशमा मृत्यु भएमा राजदूतावासले जारी गर्ने पत्र, अस्पतालमा मृत्यु भएमा अस्पतालले दिने प्रमाणपत्र, शव फिर्ताको ईम्बलमिङ’ सर्टिफिकेट वा भन्सार प्रज्ञापनपत्र, कम्पनीबाट जारी भएको पोलिसी आदि कागजात सहित कम्पनीमा निवेदन दिनुपर्ने हुन्छ । 

निवेदन दिएको १५ दिन भित्र कम्पनीले दावी रकम भुक्तानी गर्नु पर्ने व्यवस्था । यसैगरी, दुर्घटनाको अवस्थामा पनि सम्बन्धित कागजातहरु सहित निवेदन दिनु पर्ने हुन्छ । 

यसरी प्रक्रिया पुरा भएपछि मृत्यु दावी अन्तर्गत परिवारले मृत्यु दाबी अन्तर्गत १० लाख, काजकिरिया खर्च १ लाख, शव फिर्ता वापत १ लाख, आय नोक्सानी वापत २ लाख गरी कुल १४ लाख रुपैयाँ कम्पनीबाट पाउने व्यवस्था रहेको छ । 

यसैगरी दुर्घटनाको सन्दर्भमा पूर्ण रुपमा अशक्त भएमा १० लाखमा आय नोक्सानी वापत २ लाख गरी १२ लाख रुपैयाँ भुक्तान हुन्छ । यस सन्दर्भमा आंशिक रुमपा असक्त भएमा ५ लाख रुपैयाँमा आय नोक्सानी वापत १ लाख थपेर ६ लाख रुपैयाँ कम्पनीले भुक्तान गर्दछ । त्यसैगरी १५ वटा प्राण घातक रोग मध्ये कुनै पनि एक रोग लागेमा ५ लाख रुपैयाँ भुक्तान हुन्छ ।

दुर्घटना वा कुनै कारणवश हुने क्षतिका आधारमा दावी रकम: 

निको नहुने गरी दुवै आँखाको दृष्टि पूर्ण क्षति भएमा, वा दुवै हातको नाडी वा दुवै खुट्टाको गोली गाँ ठोको जोर्नी वा सो भन्दा माथि देखि शारीरिक रुपले काम नलाग्ने भएमा, वा  एउटा हातको नाडी वा एउटा खुट्टाको गोली गाँठोका जोर्नी वा सो भन्दा माथि देखि र एउटा आँखाका दृष्टि पूर्ण रुपले क्षति भएमा बीमाङ्क रकम बराबर भुक्तानी अर्थात १० लाख रुपैयाँ भुक्तानी हुन्छ । 

त्यसैगरी, एउटा आँखाको दृष्टि पूर्ण रुपले क्षति भएमा, वा एउटा हातको नाडी वा एउटा खुट्टाको गोली गाँठोको जोर्नी वा सो भन्दा माथि देखि शारीरीक रुपले काम नलाग्ने गरी क्षति भएमा, वा वोल्ने क्षमता पूर्ण रुपले क्षति भएमा वा दुवै कानको सुन्ने शक्ति पूर्ण रुपले क्षति भएमा बीमाङ्क रकमको ५० प्रतिशत दावी भुक्तानी हुन्छ । अर्थात ५ लाख रुपैयाँ भुक्तानी हुन्छ । 

यसका सथै एउटा कानको सुन्ने शक्ति पूर्ण रुपमा क्षति भएमा वा हातको बुढी औँला पूर्ण रुपले क्षति भएमा बीमाङ् रकम(१० लाख) को २० प्रतिशत अर्थात २ लाख रुपैयाँ भुक्तानी हुन्छ । त्यसैगरी, हातको चोरी औँलाको पूर्ण रुपले क्षति भएमा १५ प्रतिशत अर्थात १ लाख ५० हजार रुपैयाँ, हातको बुढी र चोरी औँला बाहेक कुनैपनि पूर्णरुपले क्षति भएमा ७ प्रतिशत अर्थात ७० हजार रुपैयाँ भुक्तान हुन्छ । 

यसैगरी खुट्टाको बुढी औँला पूर्णरुपले क्षति भएमा ५० हजार र खुट्टाका अन्य औँलाहरुको क्षति भएमा ४० हजार रुपैयाँ कम्पनीले दावी भुक्तानी गर्छ । 

दावी भुक्तानी नहुने अवस्था: 

प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा निम्न लिखित जुन सुकै कारणबाट बीमितको मृत्यु वा अपाङ्गता वा अंग भंग भएमा बीमकले कुनै पनि दायित्व वहन गर्नेछैन ।

क) कानून बमोजिम अनुमति पाएका हवाई जहाजमा उडान गर्दा बाहेक अन्य उडान गर्दा ।

ख) कानूनको वर्खिलाप हुने गरी कुनै युद्ध जस्ता कार्य ( युद्ध घोषित होस वा नहोस) मा संलग्न भएमा ।

ग) नागरिक वा जंगी ऐन भंग गरेमा ।

(घ) नेपाल सरकारले वैदेशिक रोजगारीका लागि निषेध गरेका मुलुकमा जाँदा ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया