Nepal Life

शेयर बजारमा सामान्य सुधार, हाइड्रोपावरमा करेक्सन हुँदा अन्यमा सुधार

Global Ime detail Page
  • BFIS News
  • 2024 Jun Tue 15:12
शेयर बजारमा सामान्य सुधार, हाइड्रोपावरमा करेक्सन हुँदा अन्यमा सुधार
Sanima Reliance

काठमाडौं । मंगलबार नेप्से सूचक ६.२२ अंकले सुधार भएको छ । नेप्से सूचक २०८५.३० अंक कायम हुँदा ४ अर्ब ८ करोडको खरिद बिक्री भएको छ ।  

NIMB

१२५ वटा कम्पनीको शेयर मूल्यमा सुधार आउदा ११४ वटा कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ । ग्लोबल आइएमई लघुवित्तका शेयरधनीले आज सर्वाधिक धेरै १० प्रतिशतले पोर्टफेलियो बृद्धि गरेका छन् । कारोबार रकम भने सर्वाधिक धेरै सिइबिडी हाइड्रोपावरको २० करोड ९२ लाख रुपैयाँको भएको छ । 

आज हाइड्रोपावर र म्युचुअल फण्डको सूचकमा करेक्सन भए पनि कारोबारको अन्तिम समयमा बाणिज्य बैंकको सूचकमा सामान्य सुधार हुँदा शेयर बजारमा सुधार देखिएको हो । 

 बजेट पछि केहि दिन शेयर बजारमा गिरावट देखिए पनि त्यस पछिका दिनमा बजार आफ्तै गतिमा सुधार भइरहेको छ । बजेटले केहि पनि संबोधन नगरेको लगानीकर्ताको गुनासो हुँदा हुँदै पनि नराम्रा असार पार्ने नीति केहि पनि नआएको हुँदा लगानीकर्ताहरु निरास छैनन् । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया