Nepal Life

आइपिओको अनुमति दिन समेत आट नभएका धितोपत्र बोर्डका कावा अध्यक्ष, ‘खुला प्रतिस्पर्धाबाट शक्तिशाली अध्यक्ष चाहिन्छ’

Global Ime detail Page
  • BFIS News
  • 2024 Jun Thu 05:31
आइपिओको अनुमति दिन समेत आट नभएका धितोपत्र बोर्डका कावा अध्यक्ष, ‘खुला प्रतिस्पर्धाबाट शक्तिशाली अध्यक्ष चाहिन्छ’
Sanima Reliance

काठमाडौं । नेपाल धितोपत्र बोर्डको कार्य बहाक अध्यक्षको जिम्मेवारी पाएका नेपाल सरकारका सह सचिव नरेन्द्र कुमार रानाले आइपिओ निष्काशनको अनुमति समेत दिन आट गरेनन् । सत्ता गठबन्धन विच खुला प्रतिस्पर्धाबाट सर्ट लिष्टमा परेका उम्मेद्वारलाई चयन गर्ने विषयमा कुरा नमिले पछि नेपाल धितोपत्र बोर्ड विगत ३/४ महिनादेखि अध्यक्ष विहिन छ । यसले गर्दा धितोपत्र बोर्डका कयौ महत्वपुर्ण निर्णयहरु हुन सकेको छैन ।

NIMB

हाल धितोपत्र बोर्डमा ३५ वटा कम्पनीहरु आइपिओ निष्काशनको अनुमति कुर्दै पाइपलाइनमा छन् । यस बाहेक दर्जन भन्दा कम्पनीहरु धितोपत्र बोर्डको अध्यक्ष नहुँदा प्रारम्भिक प्रकृयाँबाट पनि अगाडी बढ्न सकेका छैनन् । अर्को तर्फ बोर्डको अध्यक्ष नियुक्त नभएका कारण दर्जन भन्दा कम्पनीहरुले अध्यक्ष आए पछि मात्रै आइपिओ निष्काशनको प्रकृयाँ अगाडी बढाउने तयारीमा छन् । यसले गर्दा सम्बन्धित कम्पनीलाई मात्रै होइन धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धकको रुपमा काम गर्ने मर्चेन्ट बैंकहरु पनि बेरोजगार जस्तै छन् ।

कार्यवाहक अध्यक्षको रुपमा राना आए पछि बसेको पहिलो सञ्चालक समितिको बैठकले आइपिओ निष्काशनको प्रकृयाँ अगाडी नबढाउने निर्णय गरेको छ । आइपिओ निष्काशनको विषय अर्थसमितिमा छलफलका क्रममा रहेको भन्दै आट गर्न नसकेको हो । जवकी त्यो विषय प्रिमियममा निष्काशन हुने आइपिओको विषय थियो । यसबाट पनि थाहा हुन्छ सरकारबाट आएका कार्यकारी प्रतिनिधिहरु कतिसम्म कजोर हुन्छन् भनेर । यसले गर्दा नेपाल धितोपत्र बोर्डलाई ‘फुलफ्लेज’मा काम अगाडी बढाउन शक्तिशाली अध्यक्षको नियुक्ति गर्नु पर्ने नेपाल इन्भेष्टर फोरमका अध्यक्ष तुलसीराम ढकाल बताउछन् ।

अध्यक्ष नहुँदा नेपाल धितोपत्र बोर्डले कयौ महत्वपुर्ण निर्णय गर्न सकेको छैन । बोर्डका कतिपय निर्णका लागि आट चाहिन्छ । साथै जोखिम लिन सक्ने क्षमता राहिन्छ । यसका लागि सरकारका कर्मचारीको प्रतिनिधित्व उपयुक्त नहुने लगानीकर्ताहरु बताउछन् । आम लगानीकर्ताको हितमा आवाज उठाउन समेत कतिपय अवस्थामा शक्तिशाली अध्यक्ष आवश्यक पर्ने उनिहरुको तर्क छ । सरकारले पठाएको प्रतिनिधिमा कति वेला फर्किनु पर्ने हो टुङ्गो हुँदैन साथै भोलि आफ्नो करिअरमा कतै दाग पो लाग्ने हो कि भन्ने डर हुने भएकाले पनि उनिहरु यस्तो कामबाट हच्किन्छन् । सरकारले चाडो भन्दा चाडो खुला प्रतिस्पर्धाबाट शक्तिशाली अध्यक्ष चयन गर्नु पर्ने आम लगानीकर्ताको माग छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया