NIMB Header 2
Nepal Life

फोर्ड गाडी खरिदमा '१० वर्षको निःशुल्क इन्धन' योजना सार्वजनिक

Prabhu Mahalaxmi
  • BFIS News
  • 2024 Jun 07 12:57
फोर्ड गाडी खरिदमा  '१० वर्षको निःशुल्क इन्धन' योजना सार्वजनिक
United Ajod

काठमाडौं । फोर्ड नेपालले ग्राहकहरूको लागि नयाँ योजना सार्वजनिक गरेको छ। नेपालको लागि फोर्ड गाडीको आधिकारिक बिक्रेता जिओ फोर्डले नयाँ ग्राहकहरू लक्षित '१० वर्षको निःशुल्क इन्धन' योजना सार्वजनिक गरेको हो।

Nepal Life
NIMB

सो योजना बमोजिम फोर्डको गाडी खरिद गर्ने नयाँ ग्राहकहरूलाई कम्पनीले १० वर्षको लागि निःशुल्क इन्धन उपलब्ध गराउने भएको छ। यो योजनालाई कम्पनीले 'अप्रत्यासित अफर' समेत बताएको छ। योजनामा केही सर्तहरू भने लागू हुनेछ।

ग्राहकहरूले फोर्डको रेन्जर र एभरेष्ट खरिद गर्दा यो अफरको फाइदा लिन सक्ने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार ग्राहकहरूको ड्राइभिङ अनुभवलाई पुनःपरिभाषित गर्न यो अफर सार्वजनिक गरिएको हो।

जिओ फोर्डले गाडीहरूको उचित स्पेयर पार्ट्सहरू उपलब्ध गराउनुका साथै रिसेल भ्यालु पनि उचित उपलब्ध गराउँदै आएको छ।

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया