NIMB Header 2
Nepal Life

गरिमा विकास बैंकले बोलायो २०औँ वार्षिक साधारण सभा, १० प्रतिशत बोनस र १० प्रतिशत नगद लाभांश पारित हुने

Prabhu Mahalaxmi
  • BFIS News
  • 2026 Sep 16 10:58
गरिमा विकास बैंकले बोलायो २०औँ वार्षिक साधारण सभा, १० प्रतिशत बोनस र १० प्रतिशत नगद लाभांश पारित हुने
United Ajod

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश पारित गर्न २०औँ वार्षिक साधारण सभा आह्वान गरेको छ।

Nepal Life
NIMB

बैंकले असोज २६ गते सोमबार पोखराको बिरौटास्थित होटल पोखरा ग्राण्डमा वार्षिक साधारण सभा बोलाएको हो। सभा बिहान १०ः३० बजे सुरु हुनेछ।

सभामा बैंकको हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनसहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेश गरिनेछ। उक्त प्रस्ताव पारित भएपछि बैंकले घोषणा गरेको लाभांश वितरणको प्रक्रिया अघि बढ्नेछ।

त्यसैगरी, अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनसम्बन्धी कार्य अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभामा पेश हुनेछ। बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन, आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति लगायतका प्रस्तावसमेत साधारण सभाबाट अनुमोदन गरिनेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले असोज १४ गते एक दिन बुकक्लोज गर्ने जनाएको छ। बुकक्लोजअनुसार असोज १३ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीले साधारण सभामा सहभागी हुन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया