Nepal Life

प्राइभेट इक्विटी र भेञ्चर क्यापिटलमा लगानी गर्ने व्यवस्था गरिने छ : अर्थमन्त्री

Global Ime detail Page
  • BFIS News
  • 2024 Jun Fri 19:25
प्राइभेट इक्विटी र भेञ्चर क्यापिटलमा लगानी गर्ने व्यवस्था गरिने छ : अर्थमन्त्री
Sanima Reliance

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले प्राइभेट इक्विटी र भेञ्चर क्यापिटल फण्डका धितोपत्र एकाइमा लगानी गर्ने व्यवस्था गरिने बताएका छन् ।

NIMB

नेपाल धितोपत्र बोर्ड स्थापनाको ३१ वर्ष पूरा गरी ३२ औं वर्षमा प्रवेश गरेको अवसरमा शुभकामना दिँदै उनले धितोपत्र सम्बन्धी कानुनलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुकूल बनाईने बताए । अर्थमन्त्री पुन बोर्डको औपचारिक कार्यक्रममा भने उपस्थित थिएनन ।

यस्तै अर्थमन्त्री पुनले आगामी दिनमा पुँजी बजारमा देखिएका समस्याहरूको समाधान गर्दै बजारलाई व्यवस्थित तथा नियमित गर्ने विषय सरकारको प्राथमिकतामा रहेको बताएका छन् ।

त्यसैगरी नियामक निकायको नियमन र सुपरिवेक्षण क्षमता सबल गरी संस्थागत सुदृढीकरण गरी पुँजी बजारका लगानीकर्ताको लगानी र हित संरक्षणमा जोड दिइने उनको दाबी छ ।

पुनले नेपाल स्टक एक्सचेञ्ज र सिडिएस एण्ड क्लिरिंगको संरचनागत सुधार हुने बताउँदै वस्तु विनिमय बजारको सञ्चालन गर्न कानुनी र संस्थागत व्यवस्था मिलाईने प्रतिबद्धता जनाएका छन् ।

यस क्षेत्रमा क्षेत्रगत विविधीकरण ल्याउनका लागि निश्चित रकम भन्दा बढी पुँजी भएका कम्पनीलाई अनिवार्य रुपमा धितोपत्र बजारमा सूचीकरण हुनुपर्ने व्यवस्था गर्न लागिएको उल्लेख गरेका छन ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया