NIMB Header 2
Nepal Life

साताको कारोबारको पहिलो दिनमै ओरालो लाग्यो नेप्से, कारोबार रकममा भने वृद्धि

National Life
  • BFIS News
  • 2024 Jun 09 15:43
साताको कारोबारको पहिलो दिनमै ओरालो लाग्यो नेप्से, कारोबार रकममा भने वृद्धि
Sanima Reliance

काठमाडौं । साताको पहिलो कारोबार दिन आज नेप्से परिसूचक ४.५९ अंकले घटेको छ। यसदिन नेप्से ०.२२ प्रतिशतले घटेर २०७३.१९ विन्दुमा बन्द भएको छ।

Shikhar
NIMB

यस दिन कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ। बिहीबार ४ अर्ब ३८ करोड ८२ लाख ७८ हजार ७२० रूपैयाँको कारोबार भएकोमा आइतबार ५ अर्ब १८ करोड ९० लाख ७९ हजार ५२२ रूपैयाँको सेयर कारोबार भएको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकममा ८० करोड रूपैयाँ वृद्धि भएको हो।

यस दिन ३१३ वटा धितोपत्रको एक करोड चार लाख ५२ हजार १२८ कित्ता सेयर किनबेच भएको हो। आइतबार ९७ कम्पनीको सेयर मूल्य बढेको छ भने १४७ वटाको घटेको छ। यस्तै, ३ कम्पनीको मूल्य स्थिर रहेको छ।

यसदिन पाँच कम्पनीको सेयर मूल्य १० प्रतिशतका दरले बढेको छ।

इस्टर्न हाइड्रोपावर, शुभम पावर, सिटी होटल र कुथेली बुखरी हाइड्रोपावरको मूल्य १० प्रतिशतका दरले बढेको छ भने भगवती हाइड्रोपावरको मूल्य ९.९९ प्रतिशतले बढेको छ।

बुद्धभूमि नेपाल हाइड्रोपावरको मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ। उक्त कम्पनीको प्रति कित्ता मूल्य ६४३ रूपैयाँ ५० पैसा कायम भएको छ। यस्तै, पोखरा फाइनान्सको मूल्य ७.१२ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ५७० रूपैयाँमा झरेको छ।

आइतबार एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक कारोबार भएको छ। कम्पनीको प्रतिकित्ता ६५० रूपैयाँमा ३२ करोड ३ लाखको सेयर कारोबार भएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ५.६९ प्रतिशत बढेको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा सिइडिबी हाइड्रोपावर रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ९९७ रूपैयाँमा २१ करोड १३ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये आठ समूहको परिसूचक घटेको छ भने बाँकी पाँच समूहको परिसूचक बढेको छ।

यसदिन होटल्स तथा पर्यटन समूहको परिसूचक सर्वाधिक २.९२ प्रतिशतले बढेको छ भने व्यापार समूहको परिसूचक सर्वाधिक १.५४ प्रतिशतले घटेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया