NIMB Header 2
Nepal Life

बचतकर्ताको ७ करोड बढी रकम अपचलन गर्ने स्क्वायर सहकारीका अध्यक्षसहित तीन जना पक्राउ

Muktinath Bank
  • BFIS News
  • 2024 Jun 10 06:30
बचतकर्ताको ७ करोड बढी रकम अपचलन गर्ने स्क्वायर सहकारीका अध्यक्षसहित तीन जना पक्राउ
National Life

काठमाडौँ । स्क्वायर बचत तथा ऋण सहकारी संस्था काठमाडौँको करोडौँ रकम अपचलन गरेको आरोपमा अध्यक्षसहितका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

NIMB

पक्राउ पर्नेमा उक्त सहकारीका अध्यक्ष वासुदेव मान जोशी, सचिव सुवर्ण सेलालिक र सदस्य धर्मरत्न पाछैँ रहेका प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआएबी) ले जनाएको छ ।

पक्राउ परेहरुमाथि सहकारीको ७ करोड ४० लाखभन्दा बढी रकम हिनामिना गरेको आरोप छ । सहकारीका निक्षेपकर्ताहरुलाई आर्कषक ब्याजदर दिन्छु भनी प्रलोभन देखाइ निक्षेपकर्ताको रकम सहकारी मुद्दती, निक्षेप, आवधिक बचत, शेयर तथा विभिन्न बचत खातामा जम्मा गर्न लगाई रकम हिनामिना गरेको आरोप रहेको सिआइबीका प्रवक्ता प्रहरी उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए ।

उनले पीडित अन्य बचतकर्ताहरुलाई पनि सम्पर्कमा आउन अनुरोध गरिएको जानकारी दिनुभयो । मासिक÷त्रैमासिक÷वार्षिकरूपमा ब्याज पाउने र निर्धारित अवधि नाघेपछि निक्षेपको सम्पूर्ण साँवा, ब्याज फिर्ता पाउने विश्वासका साथ उक्त संस्थामा बचतकर्ताहरुले जम्मा गरेको रकमको सावाँ, ब्याज फिर्ता गर्न पटक–पटक ताकेता गर्दा पनि सुनुवाइ नगरेपछि पीडितले उजुरी दिएका थिए ।

संस्था नै बन्द गरी बचतकर्ताहरुको ७ करोड चालिस लाख ८७ हजार बचत रकम अपचलन तथा हिनामिना भएपछि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

सहकारी विभागको पत्रका आधारमा काठमाडौँका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरी सहकारी ऐन, २०७४ अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौँबाट सात दिनको म्याद थप भई आवश्यक अनुसन्धान भइरहेको सिआइवीले आज एक सूचना जारी गरी जानकारी गराएको छ ।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया