NIMB Header 2
Nepal Life

यूनाइटेड अजोड इन्स्योरेन्सको हकप्रद शेयर चैत २६ देखि खुल्ने

IME LIFE
  • BFIS News
  • 2026 Mar 19 11:08
यूनाइटेड अजोड इन्स्योरेन्सको हकप्रद शेयर चैत २६ देखि खुल्ने
United Ajod

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले चैत २६ गतेदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत हकप्रद शेयर जारी गर्न लागेको जनाएको छ।

Nepal Life
NIMB

कम्पनीका अनुसार हाल १०० कित्ता शेयर रहेका शेयरधनीले १० कित्ताका दरले नयाँ शेयरका लागि आवेदन दिन सक्नेछन्। यस योजनाअनुसार इन्स्योरेन्सले कुल २३ करोड १० लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका २३ लाख १० हजार कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।

हकप्रद शेयर निष्काशन प्रयोजनका लागि कम्पनीले फागुन १७ गते बुकक्लोज गरिसकेको छ। त्यसअनुसार फागुन १४ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम भएका शेयरधनीहरू मात्र हकप्रदमा आवेदन दिन योग्य हुनेछन्। आवेदन दिने अन्तिम मिति २०८३ बैशाख १६ गते तोकिएको छ।

यस हकप्रद निष्काशनका लागि गरिएको रेटिङ्गमा इक्रा नेपाल ले कम्पनीलाई ‘इक्राएनपी इस्यूअर रेटिङ्ग ट्रिपल बी’ प्रदान गरेको छ। उक्त रेटिङ्गले कम्पनीको वित्तीय दायित्व समयमै बहन गर्ने क्षमता मध्यम स्तरमा सुरक्षित रहेको संकेत गर्दछ।

हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। इच्छुक शेयरधनीहरूले बिक्री प्रबन्धकका साथै लक्ष्मी सनराइज बैंकका तोकिएका शाखा, आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था, तथा मेरो शेयर अनलाइन प्रणालीमार्फत सि-आस्वा प्रयोग गरी आवेदन दिन सक्नेछन्।

हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब ३१ करोड रुपैयाँ रहेको छ। हकप्रद शेयर निष्काशन तथा बाँडफाँटपछि कम्पनीको चुक्ता पूँजी बढेर २ अर्ब ५४ करोड १० लाख रुपैयाँ पुग्नेछ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया