Nepal Life

सहकारीको डिजिटलाइजेशनका लागि ‘प्रथम सहकारी डिजिलट कन्क्लेभ’

Global Ime detail Page
  • BFIS News
  • 2024 Mar Tue 16:20
सहकारीको डिजिटलाइजेशनका लागि ‘प्रथम सहकारी डिजिलट कन्क्लेभ’
Sanima Reliance

काठमाडौं । राष्ट्रिय सहकारी महासंघको आयोजनामा आगामी चैत १ र २ गते याक एण्ड यति होटलमा ‘प्रथम सहकारी डिजिलट कन्क्लेभ’आयोजना हुँदै छ। जसको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ।

NIMB

‘डिजिटाइजिङ को–अपरेटिभस्, एटेन्डिङ भिजन २०३०’ भन्ने थिमका साथ नेपालको सहकारी अभियानको इतिहासमा नै पहिलो पटक डिजिटल कन्क्लेभ हुन लागेको हो ।

प्रविधिहरूको रणनीतिक अवलम्बनमार्फत परम्परागत सहकारी कार्यस्थल परिवर्तन गर्न र महत्वाकांक्षी सहकारी भिजन २०३० सँग डिजिटलाइजेसनको शक्ति प्रयोग गरी सहकारीको रुपान्तरण गर्न कार्यक्रम कोशेढुङ्गा सावित हुने महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले बताइन्।

कन्क्लेभमार्फत अग्रणी आइसिटी विशेषज्ञहरु, नीति निर्माताहरु र टेक्नोलोजी सेवा प्रदायकहरुसँग सहज अन्तक्रिया हुने भएकाले यसले नेपालको सहकारी अभियानलाई डिजिटल रुपान्तरणको यात्रामा पुलको काम गर्ने महाप्रबन्धक सुब्बाले बताइन्।  

सहकारीमा डिजिटलाइजेसन प्रक्रियामा बाधा पुर्‍याउने नीगित खाडलहरु पहिचान गरी सम्बोधन गर्न, डिजिलटल सहकार्यका लागि सरोकारावालाबीच सहमति निर्माण गर्नका लागि पनि कन्क्लेभले महत्वपूर्ण दिशानिर्देश गर्ने महासंघका नायव महाप्रबन्धक सुरेश थापाले बताए। डिजिटलाइजेसनसँग आउने चुनौतीलाई पनि सँगसँगै सम्बोधन गर्नुपर्छ भन्ने मान्यताका साथ सहकारीका लागि अनुकूल साइबर सुरक्षा प्रणालीहरूका विषयमा पनि महत्वपूर्ण सिकाई हुने थापाले बताए।

कन्क्लेभको मुख्य वक्ताको रुपमा पूर्वअर्थमन्त्री डा. युवराज खतिवडा रहने छन्।

सम्मेलनमा पाँचवटा महत्वपूर्ण विषयमा कार्यपत्र प्रस्तुत हुनेछ। नेपालमा सहकारीलाई डिजिटलाइज गर्ने विगतका अनुभव र भविष्यको रोडम्याप, सहकारी डिजिटाइजेसनको लागि डिजिटल समाधान, साइबर सुरक्षाको खतरा र न्यूनीकरणका रणनीति, डिजिटलाइजेसनका नीतिगत फ्रेमवर्क र सन् २०३० सम्म सहकारीलाई पूर्ण डिजिटलाइजेसन गर्ने एजेण्डाहरुका विषयमा प्रस्तुती हुने महासंघले जनाएको छ।  

त्यसैगरी अभियान, सरकार, प्रविधि सेवा प्रदायक र विज्ञबीच महत्वपूर्ण विषयहरुमा प्यानल छलफल गरेर निस्कर्ष निकालिने महासंघले जनाएको छ। प्यानल छलफलका विषयहरु डिजिटाइजिङ को-अपरेटिभ : बाधा, समस्या र सिकाइ, सन् २०३० सम्म सहकारीको डिजिटलाइजेसनका लागि आवश्यक प्रविधि र समस्या समाधान, सहकारीको डिजिटलाइजेसनका नीतिगत खाडल र सम्बोधन, समृद्ध नेपालका लागि डिजिटल सहकारीको रोडम्याम रहेका छन्।  

 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया