Nepal Life

साल्ट ट्रेडिङ कर्पोरेशनको बोनस सेयर डिम्याट खातामा जम्मा

Global Ime detail Page
  • BFIS News
  • 2024 Jun Mon 08:30
साल्ट ट्रेडिङ कर्पोरेशनको बोनस सेयर डिम्याट खातामा जम्मा
Sanima Reliance

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा गरेको छ । गत आव २०७९/८० का लागि पारित बोनस सेयर जम्मा गरेको कम्पनीले जनाएको छ।

NIMB

गत चैत २३ गते सम्पन्न बैंकको ५७ औं वार्षिक साधारण सभाले १५ प्रतिशत बोनस पारित गरेको थियो।

गत चैत ८ गतेसम्म सेयर अभौतिकीकरण गराएका सेयरधनीहरुको बोनस सेयर सम्बन्धित डिम्याट खातामा जम्मा गरिएको कम्पनीले जनाएको छ। उक्त मितिपश्चात अभौतिकीकरण गराएका सेयरधनीहरुको हकमा भने क्रमशःउक्त बोनस सेयर जम्मा गरिने कम्पनीले जनाएको छ ।  

उक्त बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सिडिएसएसीमा सूचीकृत तथा दर्ता भई अभौतिक रुपमा कारोबार हुने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ। 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया