Nepal Life

बैंकको कर्जा रिकभरीमा ठुलो समस्या, १० महिनामा ७८ अर्ब ५८ करोडको प्रोभिजनिङ गर्न बाध्य

Global Ime detail Page
  • BFIS News
  • 2024 Jun Wed 07:18
बैंकको कर्जा रिकभरीमा ठुलो समस्या, १० महिनामा ७८ अर्ब ५८ करोडको प्रोभिजनिङ गर्न बाध्य
Sanima Reliance

काठमाडौं । बैंकहरुको रिकभरीमा समस्या देखिदा गत असारको तुलनामा चालु आर्थिक वर्षको १० महिनामा १९.४० प्रतिशतले प्रोजनिङ बढेको छ । बैंकहरुले समिक्षा अवधिमा ७८ अर्ब ५८ करोडको प्रोभिजनिङ गर्नु परेको हो । जवकी गत असार मसान्तमा बैंकहरुले ६५ अर्ब ८१ करोडको प्रोभिजनिङ गरेका थिए ।

NIMB

प्रोभिजनिङ बढे पनि कर्जा रिकभरिमा पनि ठुलो सुधार देखिदैन । बैंकहरुले विभिन्न प्रकृयाबाट बैशाख सम्ममा १८.३९ प्रतिशतले राइट व्याक गरेका छन् । बैशाखसम्ममा बैंकहरुले ३२ अर्ब ६२ करोडको राइट व्याक गरेका छन् । गत आर्थिक वर्षको असार समान्तसम्ममा २७ अर्ब ५५ करोडको राइट व्याक गरेका छन् ।

बैंकहरुले राइट व्याक बढाए पनि कर्जा असुली प्रकृयाँका कारणले यस वर्ष राइट व्याक गर्न सकेका छन् । जसले गर्दा प्रोभिजनिङको हिस्सा थप बढेको हो ।

नेपाल राष्ट्र बैंकले जारी गरेको नयाँ निर्देशनले बैंक तथा वित्तीय संस्थालाई कर्जा असुली (रिकभरी) मा थप समस्या देखिएको हो । बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०८० मा संशोधन गर्दै राष्ट्र बैंकले ऋणीलाई केहि राहात दिने क्रममा असुलीमा भने थप समस्या देखिएको हो । धितोलिलाम प्रकृयाँलाई राष्ट्र बैंकले लम्ब्याउदा ऋणीले राहात पाए पनि बैंकहरुले पनि प्रोभिजनिङ बढाउनु परेको हो ।

राष्ट्र बैंकले कर्जा पुनर्संरचना तथा पुनर्तालिकीकरणमा पनि राष्ट्र बैंकले क्रमिक रुपमा टाइट गर्दै जाने नीति लिएको छ । यहि कारणले गर्दा बैंकहरुको व्यालेन्स सिट भद्दा देखिएको विज्ञहरु बताउछन् । रिकभरीमा समस्या देखिदा बैंकहरुको पूँजीकोष टाइट भइरहेको छ । जसले गर्दा अधिक तरलताको बाबजुद पनि पूँजीकोष टाइट हुँदा नयाँ कर्जा प्रवाह हुन सकिरहेको छैन । बैंकहरुले चाहेर पनि नयाँ कर्जा तर्फ ध्यान दिन सकिरहेका छैनन् ।

खराव कर्जा बढेका कारण बैंकहरुको प्राथमिक पूँजीकोष बोर्डरमा छ । यसले गर्दा बैंकहरुले कर्जा असुलीमा जोड दिदै आइरहेका छन् । कर्जा असुलीमा जतिसुकै टाइट गर्दा पनि ऋणीहरुको अवस्थालाई हेरेर बैंकहरु हदैसम्म तल झरेर असुली प्रकृयाँमा जान सक्ने अवस्थामा छैनन् । चरम आर्थिक मन्दीका कारण व्यवसायीहरु ठुलो समस्यामा छन् । अर्थतन्त्रको चक्र नै ब्रेक हुँदा सबै प्रकारका व्यापार व्यवसाय राम्रो अवस्थामा छैन । त्यसमा पनि कर्जा असुलीको प्रमुख पाटो घरजग्गा लिलाम हो । अहिले घर जग्गाको कारोबारमा सुस्तता छ । लिलाममा राख्दा पनि घर जग्गा बिक्री हुने अवस्थामा छैन । यस्तै व्यवहारिक कठिनाइले गर्दा प्रोभिजनिङ बढेको हो ।

यहि हिसावले आगामी दुई महिनामा कर्जा राइट व्याक नहुने हो वा सावा व्याज उठ्न नसक्ने अवस्था रहिरह्यो भने खराव कर्जा थप बढ्नेछ । यसको असर बैंकहरुको मुनाफाका साथै लाभांश वितरण गर्न नसक्ने अवस्थासम्म हुन सक्छ । यस वर्षको मुनाफाबाट बैंकहरुले गत वर्षको भन्दा पनि कम लाभांश दिन पर्ने अवस्था आउन सक्ने विज्ञहरु बताउछन् । यसले गर्दा बैंकहरु जेठ र असार महिनामा कर्जा असुलीका लागि खटिइरहेका छन् ।

अहिले बैंकहरुको सबैभन्दा ठुलो टाउको दुखाइको विषय नै हिजोका दिनमा रिफाइनान्सिङ र रिस्ट्रक्चरिङ गरेर क्षमता भन्दा ठुलो बनाइएका कर्जालाई कसरी सल्टाउने भन्ने तर्फ छ । नेपाल सरकार तथा राष्ट्र बैंक दुबैले लिएका ऋणी मैत्री नीतिको प्रभावले गर्दा रियल बैंकिङमा समस्या देखिएको हो । आजका दिनमा ऋणीले चाहेर पनि कर्जाको सावा व्याज भुक्तानी गर्न सक्ने अवस्था छैन भने बैंकहरुले पनि ऋणीको व्यवसाय नै विगार्ने गरि रिकभरीमा जान सक्ने अवस्था छैन । अजै रिफाइनान्स र रिस्ट्रक्चरिङ गर्ने हो भने भोलिका दिनमा ऋणीले कर्जा धान्न सक्दै सक्दैन । 

यहि कारणले गर्दा सरकारले कित्ताकाटमा फुकुवा पनि गरिदिएको छ । तर सिथिल अवस्थाको घरजग्गामा चार्मिङ आउने अवस्था छैन । जग्गा बिक्री गर्छु भन्दा पनि खरिद गर्न आउने व्यक्ति छैन ।  

हेर्नुहोस् कुन बैंकको प्रोभजनिङ कति र कर्जा असुली कति

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया