Nepal Life

बैंकहरुले १० महिनाको मुनाफाबाट कर्मचारीलाई छुट्टाए ८ अर्ब ७ करोड बोनस, कुन बैंकको कति ?

Global Ime detail Page
  • BFIS News
  • 2024 Jun Wed 10:14
बैंकहरुले १० महिनाको मुनाफाबाट कर्मचारीलाई छुट्टाए ८ अर्ब ७ करोड बोनस, कुन बैंकको कति ?
Sanima Reliance

काठमाडौं । बैंक वित्तीय संस्थाले बैशाख महिनासम्मको मुनाफाबाट ८ अर्ब ७ करोड रुपैयाँ बोनस छुट्टाएका छन् । बैंकहरुले ५३ अर्ब १९ करोड मुनाफा आर्जन गरेर उक्त रकम बोनसका लागि प्रोभिजनिङ गरेका हुन् ।

NIMB

नियम अनुसार बैंकहरुले कर्मचारीहरुका लागि मुनाफाको १० प्रतिशत छुट्ट्याउनु पर्छ । यहि व्यवस्था अनुसार नविल बैंकले सर्वाधिक धेरै ८६ करोड ७८ लाख रुपैयाँ बोनसका लागि छुट्टाएको छ । बैंकले १० महिनाको अवधिमा ५ अर्ब ४६ करोड मुनाफा आर्जन गरेको छ ।

तर गत वर्षको यहि अवधिको तुलनामा मुनाफा र कर्मचारी बोनस दुबै घटेको छ । त्यस पछि दोस्रो धेरै कर्मचारी बोनस ग्लोबल आइएमई बैंकको छ । ग्लोबलले ४ अर्ब १२ करोड मुनाफा आर्जन गरि कर्मचारीका लागि ६३ करोड ४१ लाख सुरक्षित गरेको छ ।

त्यस्तै नेपाल इन्भेष्टमेन्ट बैंकले ३ अर्ब ७७ करोड मुनाफा आर्जन गरेर ५९ करोड ९३ लाख रुपैयाँ प्रोभिजनिङ गरेको छ । चौथो नम्बरमा रहेको प्राइमले कर्मचारिका लागि ५१ करोड १९ लाख रुपैयाँ प्रोभिजनिङ गरेको छ । यस वर्ष अधिकाम्स बैंकहरुको कर्मचारी बोनसमा ठुलो गिरावट हुने देखिएको छ ।

खराव कर्जा बढ्दा बैंकहरुको प्रोभिजनिङ बढेको छ । त्यस माथि पनि कर्जा रिकभर नहुँदा बैंकहरुको व्यवसाय विस्तारमा पनि अवरोध हुँदै आएको छ । व्यवसाय विस्तारमा अवरोध हुने वित्तीकै बैंकहरुको मुनाफामा ठुलो असर पर्छ ।

मुनाफा घट्ने वित्तीकै कर्मचारीहरुले पाउने नियमित बोनस रकममा पनि गिरावट आउने देखिएको हो । यसरी छुट्टाइएको बोनस रकम बैंकहरुले आर्थिक वर्ष सकिए पछि वितरण गर्छन् । केहि रकम अग्रिम रुपमा दिए पनि पुरै रकम भने लेखापरीक्षण पश्चात मात्रै वितरण गर्छन् ।

बैंकमा काम गर्ने कर्मचारीले नियमित तलवका अतिरिक्त विभिन्न सेवा सुविधा बापत १८ देखि २२ महिनासम्मको सुविधा बुझ्ने गरेका छन् । १२ महिनाको तलवका अतिरिक्त बैंकहरुले कर्मचारीलाई कम्तिमा पनि दशैमा एक महिनाको तलब, स्वास्थ्य उपचारका लागि एक महिना, फोर्स लिभ बापत एक महिना र बोनस रकम प्रदान गर्छन् । यस बाहेकको सुविधा बैंकहरुको आ-आफ्नै नियम अनुसार वितरण हुन्छ । यसले गर्दा बैंकमा काम गर्न कर्मचारीहरुको आकर्षित हुन्छन् ।

तलब सुविधा जति आकर्षक छ त्यो भन्दा धेरै काम तथा जिम्मेवारी पनि बहन गर्नु पर्छ । कुनै कुनै समयमा त राति १२ बजेसम्म पनि काम गर्नु पर्ने बाध्यता कर्मचारीमा हुन्छ । वर्क लोडकै कारण कतियले बैंकिङ क्षेत्रलाई छाडेर अन्यन्त्र क्षेत्रमा काम गरेका कयौ उदाहरुण पनि छन् । पछिल्ला दिनमा बैंकमा आकर्षक तलब सुविधा बुझ्ने कर्मचारीहरुमा पनि अमेरिका, अष्ट्रेलिया, क्यानडा, जापान, युरोप मोह देख्न सकिन्छ । अझ मर्जरका कारण हजारौ कर्मचारी विस्तापित हुनु परेको छ । आफु सरहका साथिहरुले विदेशमा गएर गरेको प्रतिगतिलाई तुलना गरेर पनि बैंकका कर्मचारी सबैभन्दा धेरै चिन्तित हुने गरेको एक बैंकरले बताए । तलब सेवा सुविधा अनुसार खर्च पनि त्यहि किसिमको हुने भएकाले बचत गर्न धेरै गाह्रो छ । जति आकर्षक तलब देखिन्छ त्यो भन्दा धेरै खर्च र घट्दो बचतका कारण समग्रमा बैंकका कर्मचारीमा पनि सन्तुष्टी देखिदैन ।

 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया