Nepal Life

फाइनान्समा फर्किए लगानीकर्ता, राष्ट्र बैंकको नीतिविपरित मर्जरको चर्चाले शेयर बजारमा परेन असर

Global Ime detail Page
  • BFIS News
  • 2024 Jun Wed 15:54
फाइनान्समा फर्किए लगानीकर्ता, राष्ट्र बैंकको नीतिविपरित मर्जरको चर्चाले शेयर बजारमा परेन असर
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्था बाहेक अन्य बैंक वित्तीय संस्थाको मर्जरको किस्सालाई टुङ्गाए पनि फाइनान्सहरुले मर्जरको बाटो कुरेको चर्चाले दोस्रो बजारमा केहि समय नराम्रै असर गर्यो । तर यस्ता चर्चाले मुर्त रुप नलिने संकेत सँगै लगानीकर्ताहरु पुनः फाइनान्सको शेयरमा फर्किएका छन् ।

NIMB

बुधवार फाइनान्सको सूचक १.०७ प्रतिशत अर्थात २३.८० अंकले बढेको छ । साढे २ बजे भन्दा अगाडीसम्म फाइनान्सको शेयर मूल्य घटिरहेको थियो तर अन्तिम ३० मिनेटमा अधिकाम्सको शेयर मूल्यमा उल्लेख्य सुधार देखियो । पछिल्लो तीन महिनामा फाइनान्सको सूचक १८८७ अंकबाट अधिकतम २२२५ सम्म पुगेको थियो । तर आजको दिनमा फाइनान्सको सूचक सर्वाधिक धेरै २२३५ अंक पुगेर बन्द भएको छ ।  

शेयर सप्लाइ एकदमै कम भएकै कारण ठुला साना दुबै किसिमका लगानीकर्ताले फाइनान्सको शेयरमा खेल्दै आइरहेका छन् । पछिल्ला ४/५ महिनामा फाइनान्सको शेयरबाटै केहि लगानीकर्ताहरु करोडपति नै बनिसकेका छन् । कतिपय लगानीकर्ताले फाइनान्समा १० लाखबाट लगानी सुरु गरेर ७० लाख भन्दा माथिको पोर्टफेलियो बनाइसकेको एक ब्रोकरले बताए । बैंक, बीमामा लगानी गर्नेले खासै कमाउन सकेका छैनन् । तर फाइनान्समा मात्रै केन्द्रित भएर कारोबार गर्ने राम्रो सँग पोर्टफेलियो बढाएको उनको भनाइ छ ।

दोस्रो बजारमा सबैभन्दा सस्तो मूल्य पर्ने प्रोग्रेसिभ फाइनान्सको शेयर मूल्य ३७४ रुपैयाँ छ । यो कम्पनीको शेयर मूल्य न्युनतम २९६ रुपैयाँबाट बढेर ४६५ रुपैयाँसम्म पुग्यो । त्यस्तै सबैभन्दा महंगो मूल्य पर्ने गोर्खाज फाइनान्सको शेयर मूल्य आजका दिनमा ७३३ रुपैयाँ छ । यसको शेयर मूल्य न्युनतम ४८१ रुपैयाँबाट ९४६ रुपैयाँसम्म पुग्यो ।

नेपाल फाइनान्सकै शेयरलाई हेर्ने हो भने २७० रुपैयाँबाट ६३० रुपैयाँ पुग्यो । आजका दिनमा ५९७ रुपैयाँ छ । यसरी अधिकाम्स फाइनान्सको शेयर मूल्य २ सयदेखि ३ सयको विचमा थिए । अहिले ५ सय भन्दा माथि छ । जवकी नेप्से सूचक हेर्ने हो भने १८ सयदेखि २२ सयको विचमा घुमिरहेको छ । नेप्से सूचकमा खासै सुधार नदेखिदा पनि सेक्टरल हिसावले सुधार हुँदै आइरहेको छ । जसमा समग्रमा शेयर बजार नबढ्दा पनि सूचक विशेसमा लगानीकर्ताले कमाइरहेका छन् ।

तर अचम्म लाग्दो पक्ष के छ भने अधिकाम्स फाइनान्सहरु लाभांश दिन नसक्ने नाजुक अवस्थामा छन् । सबैको खराव कर्जा एकदमै धेरै छ । बजारमा प्रयाप्त तरलता भएका कारण महंगो व्याजदरमा कर्जा लगानी गर्दै आएका यि संस्थालाई समस्या पर्दै आइरहेको छ । जवकी फाइनान्सले दिने सबै सेवा सुविधा बाणिज्य बैंक तथा विकास बैंक आफैले दिदै आइरहेका छन् । यसले गर्दा अहिलेको विषम परिस्थितिमा उनिहरु पेनिक छन् । तर तरलता अभावको समयमा यि नै संस्थाले सबैभन्दा धेरै फाइदा लिन्छन् ।

नेपाल राष्ट्र बैंकले पनि अवका दिनमा विकास बैंक र फाइनान्सको संख्या नघटाउने नीति लिइसकेको छ । विद्यमान १७ वटा फाइनान्स प्रयाप्त रहेको तथा आवश्यक पनि छ भन्ने राष्ट्र बैंकको बुझाइ छ । यहि अवस्थामा पनि राष्ट्र बैंकले आगामी दिनमा फाइनान्स र विकास बैंकको चुक्ता पूँजी बढाउने लगानीकर्ताको प्रक्षेपण छ । यहि अनुमानलाई आधार मानेर निश्चित लगानीकर्ताले फाइनान्स र विकास बैंकको शेयरमा राख्रै सँग खेलिरहेका छन् ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया