Nepal Life

मर्जर र बोनस शेयर पछि पूँजी जुटाउन नसक्ने बीमा कम्पनीको हकप्रद अफर, हेर्नुहोस् कुन कम्पनीको अवस्था कस्तो छ

Global Ime detail Page
  • गोविन्द राज जोशी
  • 2024 Jun Thu 06:59
मर्जर र बोनस शेयर पछि पूँजी जुटाउन नसक्ने बीमा कम्पनीको हकप्रद अफर, हेर्नुहोस् कुन कम्पनीको अवस्था कस्तो छ
Sanima Reliance

काठमाडौं । नेपाल बीमा प्राधिकरणको पूँजी बृद्धि योजना पश्चात मर्जर सँगै बोनस शेयरबाट पनि पूँजी जुटाउन नसक्ने अधिकाम्स कम्पनीले आगामी वर्ष हकप्रद शेयरको बाढी ल्याउने भएका छन् । दोस्रो बजारमा सूचीकृत बीमा कम्पनीहरु मध्ये ६ जीवन बीमा कम्पनी र ११ वटा निर्जीवन बीमा कम्पनीले मात्रै गत आर्थिक वर्ष २०७९/८० को साधारणसभा सम्पन्न गरेका छन् । अझै ७ वटा जीवन बीमा कम्पनीले साधारणसभा सम्पन्न गर्न सकेका छैनन् ।

NIMB

यस वर्ष सर्वाधिक धेरै लाभांश सूर्यज्योति लाइफले १०.२६ प्रतिशत बोनस शेयर र २४.७४ प्रतिशत नगद लाभांश वितरण गर्यो । त्यस्तै आइएमई लाइफले २५ प्रतिशत बोनस शेयर दियो । सन नेपाल लाइफले २३.८० प्रतिशत बोनस शेयर दिनुका साथै २७ प्रतिशत हकप्रद शेयर निष्काशनको प्रस्ताव पनि साधारणसभाबाट पारित गरेको छ ।

नेपाल लाइफले २१.०३ प्रतिशत नगद लाभांश घोषणा गरि साधारणसभा आह्वान गरिसकेको छ । रिलायबल नेपालले १६ प्रतिशत बोनस शेयर, सिटिजन लाइफले ५ प्रतिशत बोनस शेयर वितरण गरिसकेको छ । तर अझै पनि राष्ट्रिय जीवन बीमा कम्पनी, नेशनल लाइफ, हिमालयन लाइफ, सानिमा रिलायन्स लाइफ र प्रभु महालक्ष्मी लाइफले लेखापरीक्षण प्रतिवेदन तयार पारि लाभांश घोषणा गर्न सकेका छैनन् । राष्ट्रिय जीवन बीमा कम्पनीले त एक दशक भन्दा लामो समयदेखि लेखापरीक्षण प्रतिवेदन तयार पार्न सकेको छैन । एलआइसी नेपालले लाभांश नदिइ ८८.४५ प्रतिशत हकप्रद शेयर निष्काशनको प्रस्ताव पारित गरेको छ । एशियन लाइफले पनि ७.७५ प्रतिशत बोनस शेयरका साथै न्यनतम पूँजी जुटाउन ४२ प्रतिशत हकप्रद शेयर निष्काशन गरेको छ ।

निर्जीवन बीमा कम्पनी

निर्जीवन बीमा कम्पनीहरु मध्ये यस वर्ष सबैभन्दा धेरै हिमालयन एभरेष्टले ६.३७ प्रतिशत बोनस शेयर र ८.६३ प्रतिशत नगद सहित १५ प्रतिशत लाभाश वितरण गर्यो । त्यस्तै सिद्धार्थ प्रिमियरले ११ प्रतिशत नगद लाभांश वितरण गर्दा युनाइटेड अजोडले १०.२६ प्रतिशत बोनस शेयर वितरण गर्यो । नेपाल इन्स्योरेन्सले पनि १० प्रतिशत बोनस शेयर, एनएलजीले ५.५ प्रतिशत बोनस शेयर, प्रभु इन्स्योरेन्सले ४.७५ प्रतिशत बोनस शेयर र सगरमाथा लुम्बिनीले ५ प्रतिशत बोनस शेयर दियो । नेको, शिखर, सानिमा जिआइसी र आइजिआइ प्रुडेन्सियलले शेयरधनीको हाल खाली राखे । यस वर्ष युनाइटेड अजोडले १५ प्रतिशत हकप्रद, नेपाल इन्स्योरेन्सले ४० प्रतिशत, एनएलजीले ६६ प्रतिशत, नेकोले २५ प्रतिशत, सानिमा जिआइसीले २५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएका छन् । यस हिसावले आगामी वर्ष बीमा कम्पनीहरुले राम्रै संख्यामा हकप्रद शेयर जारी गर्ने निश्चित छ ।  

नेपाल बीमा प्राधिकरणले पूँजी बृद्धि योजना सँगै दिएको फोर्स मर्जरको दवावले जीवन तर्फ ४ वटा र निर्जीवन तर्फ पनि ६ वटा मर्जर सम्पन्न भए । यसरी बीमा प्राधिकरणले लिएको नीतिका कारण केहि कम्पनीहरुले दवाव अनुभव गरि मर्जरमा गए पनि केहि कम्पनीहरुले पनि छुट पाएका छन् । कुनै समयमा सके मर्जन नसके सम्पत्ती बिक्री गरेर भए पनि पूँजी जुटाउ भन्ने प्राधिकरणले अहिले हिजोका दिनमा मर्जरको पहल नै नगर्ने कम्पनीलाई पनि सहजै हकप्रद शेयर निष्काशनको स्वीकृति दिएको छ । यसले गर्दा बीमा प्राधिकरणको नीतिलाई लिएर लगानीकर्ताहरुले विरोध गर्दै आइरहेका छन् ।

बीमा प्राधिकरणको नीतिले कम्पनीको संख्या घटे पनि पोर्ट मर्जरको अवस्था भने दयनिय छ । मर्जर पछि जुन किसिमको सिनर्जी इफेक्टको अपेक्षा गरिएको थियो त्यो केहि पनि देखिन सकेको छैन । १ प्लस १ बराबर ३ हुनु पर्नेमा १ नै हुनु पक्कै पनि राम्रो होइन । प्राधिकरणले आर्थिक मन्दीको समयमा मर्जर गराउदा सिनर्जी नदेखिएको विश्लेषकहरु बताउछन् ।

हालसम्म निर्जीवन तर्फ शिखर, हिमालयन एभरेष्ट, सिद्धार्थ प्रिमियर, सगरमाथा लुम्बिनी, आइजिआइ प्रुडेन्सियलले मात्रै पूँजी जुटाएर बसेका छन् । त्यस्तै जीवन तर्फ नेपाल लाइफ, नेशनल लाइफ, आइएमई लाइफ, सूर्यज्योति लाइफ र हिमालयन लाइफले मात्रै जुटाएका छन् । यस बाहेक सबैले केहि न केहि हकप्रद शेयर जारी गर्नै पर्ने देखिन्छ । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया