Nepal Life

नेप्सेको लगातार तीन दिनको वृद्धिमा ब्रेक, कारोबार रकम भने बढ्यो

NMB Bank
  • BFIS News
  • 2024 Jun 13 15:40
नेप्सेको लगातार तीन दिनको वृद्धिमा ब्रेक, कारोबार रकम भने बढ्यो
National Life

काठमाडौं । साताको अन्तिम कारोबार दिन अर्थात् बिहीबार नेप्से झण्डै १० अंकले घटेको छ। लगातार तीन दिन वृद्धि भएको नेप्से आज ९.३२ अंकले घटेर २११२.२९ विन्दुमा बन्द भएको छ। कारोबार रकम भने बढेको छ।

Shikhar
NIMB

बुधबार पाँच अर्ब ८९ करोड ४० लाख ८९ हजार २४५ रूपैयाँको सेयर कारोबार भएकोमा बिहीबार ६ अर्ब ४४ करोड ३० लाख २९ हजार २०८ रूपैयाँको सेयर कारोबार भएको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकममा ५५ करोड रूपैयाँ वृद्धि भएको हो।

यस दिन ३१३ वटा धितोपत्रको एक करोड ४२ लाख ९४ हजार ७१२ कित्ता सेयर किनबेच भएको हो। बिहीबार १९४ कम्पनीको सेयर मूल्य बढेको छ भने १४७ वटाको घटेको छ। यस्तै, ५ कम्पनीको मूल्य स्थिर रहेको छ।

यसदिन तीन कम्पनीहरूको सेयर मूल्य सर्किट लेभलमा बढेको छ। समृद्धि फाइनान्स र कुथेली बुखरी हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतका दरले बढेको छ भने साधना लघुवित्तको मूल्य ९.९९ प्रतिशतले बढेको छ।

मिडसोलु हाइड्रोपावरको मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ। उक्त कम्पनीको प्रति कित्ता मूल्य ६९३ रूपैयाँ कायम भएको छ। यस्तै, भगवती हाइड्रोपावरको मूल्य ८.२७ प्रतिशतले घटेर प्रति कित्ता मूल्य एक हजार १३१ रूपैयाँमा झरेको छ।

बिहीबार नेपाल फाइनान्सको सर्वाधिक कारोबार भएको छ। कम्पनीको प्रतिकित्ता ६०१ रूपैयाँमा २८ करोड ४७ लाखको सेयर कारोबार भएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ०.५२ प्रतिशत बढेको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा एनआरएन इन्फ्रास्ट्रक्चर रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ६४० रूपैयाँमा २० करोड ५७ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये विकास बैंक, वित्त समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको छ।

यसदिन वित्त समूहको परिसूचक सर्वाधिक २.०३ प्रतिशतले बढेको छ भने उत्पादन तथा प्रशोधन र व्यापार समूहको परिसूचक सर्वाधिक १.०३ प्रतिशतले घटेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार