Nepal Life

हुलास फिन सर्भ हायर पर्चेजले आइपिओ जारी गर्ने

NMB Bank
  • BFIS News
  • 2024 Jun 14 08:29
हुलास फिन सर्भ हायर पर्चेजले आइपिओ जारी गर्ने
National Life

काठमाडौं । हुलास फिन सर्भ हायर पर्चेज लिमिटेडले आइपिओ जारी गर्ने भएको छ। आइपिओ जारी गर्ने प्रस्ताव पारित गर्न कम्पनीले असार १६ गते विशेष साधारण सभा बोलाएको छ।

Shikhar
NIMB

सभा कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे बस्नेछ।

सभामा कम्पनीको अधिकृत तथा जारी पूँजी वृद्धि गर्ने, नयाँ संस्थापकहरूमा बढीमा ३ करोड रुपैयाँबराबरको थप संस्थापक सेयर जारी गर्ने प्रस्ताव पारित गरिनेछ।

यस्तै संस्थापक सेयर जारी पश्चात सर्वसाधारणका लागि छुट्याइएको शेयरको प्रिमियम मूल्यमा वा बुक बिल्डिङ विधिमार्फत वा अंकित मूल्यमा सर्वसाधारणमा आइपिओ जारी गर्ने, प्रबन्धपत्रमा आवश्यक संशोधन गर्ने र सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाले पारित गर्नेछ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार