Nepal Life

धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिमा भएको चलखेललाई लिएर लगानीकर्ताको ध्यानाकर्षण, विज्ञलाई नियुक्त गर्न आह्वान

Global Ime detail Page
  • BFIS News
  • 2024 Jun Sat 17:21
धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिमा भएको चलखेललाई लिएर लगानीकर्ताको ध्यानाकर्षण, विज्ञलाई नियुक्त गर्न आह्वान
Sanima Reliance

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षको विषयलाई लिएर भइरहेको चलखेललाई लिएर लगानीकर्ताहरुले सरकारलाई ध्यानाकर्षण गराएका छन् । लगानीकर्ताहरुको चार संघठन जनरल इन्भेष्टर एसोसिएसनका अध्यक्ष दिपक कार्की, नेपाल शेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डे, नेपाल धितोपत्र लगानीकर्ता संघका अध्यक्ष प्रकाश रजौरे र साधारण लगानीकर्ता संघ नेपालका अध्यक्ष ऋतुजंग जिसीले संयुक्त रुपमा ध्यानाकर्षण गराउदै सरकारको गलत कदमलाई टुलुटुलु हेरेर नबस्ने भन्दै ध्यानाकर्षण गराएका हुन् ।

NIMB

नेपाल धितोपत्र बोर्ड गत पौष महिनादेखि अध्यक्ष विहीन छ । यति अवधिसम्म धितोपत्र बोर्ड जस्तो संवेदनशील नियामक निकायमा सरकारले अध्यक्ष नियुक्त गर्न नसक्नु लज्जाको विषय भएको उनिहरुको भनाइ छ । यस्तो परिस्थितिमा हाल आएर धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिको विषयलाई लिएर ठूलो आर्थिक चलखेल भएको कुरा सार्वजनिक हुनु सह्य नभएको लगानीकर्ताले बताएका छन् ।

केहि व्यावसायिक घरानाका व्यक्तिहरुले आफ्नो निहित स्वार्थका लागि बोर्डको अध्यक्षमा आफ्नो नजिकको मान्छे नियुक्त गर्न सरकारलाई दवाव दिएको भन्ने कुरा सुन्नमा आएकोले यस प्रति गम्भिर ध्यानाकर्षण भएको उनिहरुले जनाएका छन् ।

धितोपत्र बोर्ड एउटा स्वायत्त निकाय हुनु जरुरी छ । संवेदनशिल निकायमा पार्टीगत भागबण्डा, पैसा र शक्तिको बलमा गरिने यस्ता कार्यले स्वच्छ लगानीको वातावरण सिर्जना गर्न नसक्ने उनिहरुले भनाइ छ । अनुभवी, स्वतन्त्र, राष्ट्रिय, अन्तर्राष्ट्रिय  पूँजी बजार सम्बन्धी राम्रो ज्ञान भएको विज्ञ व्यक्तिलाई सरकारले यथाशक्य छिटो नियुक्ति गरिनु पर्ने उनिहरुको माग छ । यदि यस्तो नभएमा पूँजी बजारमा संलग्न आम लगानीकर्ताहरुले सरकारको गलत काम कारबाहीलाई टुलुटुलु हेरेर बस्न नसक्ने र तथ्यगत प्रमाणको आधारमा आवश्यक कदम चाल्न बाध्य हुने उनिहरुले जनाएका छन् ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया