प्राइम कमर्सियल बैंकले माग्यो देशै भरीका शाखाका लागि कर्मचारी, नयाँलाई पनि अवसर

  • BFIS News
  • 2024 Jun Sun 10:23
प्राइम कमर्सियल बैंकले माग्यो देशै भरीका शाखाका लागि कर्मचारी, नयाँलाई पनि अवसर

काठमाडौं । प्राइम कमर्सियल बैंकले केन्द्रिय कार्यालयदेखि देशै भरीका शाखा कार्यालयका लागि विभिन्न तहमा कर्मचारीहरु माग गरेको छ । 

बैंकले विभिन्न कर्पोरेट तहमा विजनेस डेभलपमेन्टका लागि कर्मचारी माग गरेको छ । सम्बन्धित क्षेत्रमा कम्तिमा ३ वर्षको कार्यानुभव भएकाले आवेदन दिन सक्नेछन् । काठमाडौं उपत्यका तथा उपत्यका बाहिरिका शाखा कार्यालयहरुका लागि ठुलो संख्यामा शाखा प्रमुख माग गरेको छ । 

भर्खरै चार्टर्ड एकाउन्टेन्ट उपाधि हासिल गरेकाहरुलाई बैंकले रोजगारीका लागि आह्वान गरेको छ । बैंकले केन्द्रिय कार्यालयका लागि यो पदमा कर्मचारी माग गरेको हो । 

लिगल अफिसरका लागि पनि दरखास्त खुला भएको छ । काठमाडौं उपत्यका भित्र केहि र उपत्यका भन्दा बाहिरिका धेरै शाखाहरुमा रिलेसनसिप म्यानेजर तथा अफिसरका लागि दरखास्त आह्वान गरेको छ । करारमा सुन जाचकीको लागि पनि दरखास्त आह्वान गरेको छ । न्युनतम स्नातक हासिल गरेकाले बैंकमा ट्रेनि एसिस्टेन्टको रुपमा काम गर्ने अवसर पाउने भएका छन् । बैंकले यस पदका लागि धेरै संख्यामा दरखास्त आह्वान गरेको छ । 

इच्छुक आवेदकले बैंकको वेवसाइट मार्फत अनलाइन आवेदन दिन सक्ने छन् । असार ११ गते भित्र आवेदन दिइसक्नु पर्नेछ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया