नेपाल बीमा प्राधिकरणको कम्पनी सचिवमा सुशिलदेव सुवेदी, सबैका प्रिय बन्न सफल

  • BFIS News
  • 2024 Jun Sun 16:10
नेपाल बीमा प्राधिकरणको कम्पनी सचिवमा सुशिलदेव सुवेदी, सबैका प्रिय बन्न सफल

काठमाडौं । नेपाल बीमा प्राधिकरणले कम्पनी सचिवको जिम्मेवारी निर्देशक सुशिलदेव सुवेदीलाई प्रदान गरेको छ । प्राधिकरणको प्रवक्ता समेत रहेका सुवेदी नेपाल बीमा प्राधिकरणमा सबैभन्दा सक्रिय निर्देशकका रुपमा चिनिन्छन् । 

उनलाई इन्स्योरेन्स इन्ष्टिच्युट अफ नेपालको प्रमुख कार्यकारी अधिकृतको समेत जिम्मेवारी प्रदान गरिएको छ । बीमा विज्ञ भोजराज शर्माको अवकास सँगै प्राधिकरणले नियमित काम कारबाहीको अतिरिक्त इन्ष्टिच्युटको पनि जिम्मेवारी दिदै आएको थियो । 

प्राधिकरणबाट एक महिनाको अवधिमा कार्यकारी निर्देशक राजुरमण पौडेल र निर्देशक दिनेशलाल कर्णको अवकास सँगै निर्देशक सुवेदीले थप जिम्मेवारी सम्हाल्नु परेको हो । 

निर्देशक सुवेदी बीमा प्राधिकरणका लागि विहानदेखि रातीसम्मको समय खर्चिन्छन् । बीमा ऐन २०७९ को मौस्यौदा तयारदेखि लिएर संसद र संसदिय समितिमा हरेक पटकको डिफेन्समा संलग्न थिए । यति मात्रै नभएर बीमा प्राधिकरणले पछिल्लो समय जारी गरेका हरेक निर्देशिका तथा कानुनी व्यवस्थाका मौस्यौदाकार समेत हुन् । यसले गर्दा पनि प्राधिकरणले उनलाई कम्पनी सचिवको जिम्मेवारी दिएको हो । 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया