बीमा प्राधिकरणले अवकास प्राप्त कार्यकारी निर्देशकदेखि सहायक निर्देशक तहका चार जनालाई गर्यो सम्मान तथा विदाइ

  • BFIS News
  • 2024 Jun Sun 16:51
बीमा प्राधिकरणले अवकास प्राप्त कार्यकारी निर्देशकदेखि सहायक निर्देशक तहका चार जनालाई गर्यो सम्मान तथा विदाइ

काठमाडौं । नेपाल बीमा प्राधिकरणले एकै पटक कार्यकारी निर्देशक, निर्देशक, उपनिर्देशक र सहायक निर्देशकलाई सम्मान तथा विदाई गरेको छ । 

प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक राजुरमण पौडेल, निवर्तमान निर्देशक दिनेश कुमार लाल, निवर्तमान उपनिर्देशक कुसुम शर्मा र निवर्तमान सहायक निर्देशक सुनिता कुमारी कार्कीलाई दोसल्ला ओढाई सम्मान गर्नुका साथै कदरपत्र र उपहार प्रदान गरेका छन् ।

निवर्तमान कार्यकारी निर्देशक पौडेल यही २०८१ साल जेठ १२ गतेदेखि र निवर्तमान निर्देशक लाल, निवर्तमान उपनिर्देशक शर्मा र निवर्तमान सहायक निर्देशक कार्की यही असार १ गतेदेखि ३० वर्षे सेवा अवधि पूरा गरि अनिवार्य अवकाश भएका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले निवर्तमान पदाधिकारीहरूको ज्ञान र अनुभव आगामी दिनमा पनि उपयोग गर्न र निरन्तर संवादका लागि आवश्यक व्यवस्था गर्न ध्यान दिइने बताए । 

अध्यक्ष सिलवालले संस्थाको हितमा ज्ञानको उपयोग गर्न, विज्ञताका आधारमा जिम्मेवारी निर्वाह गर्न र नेतृत्व विकासमा ध्यान दिन कर्मचारीहरूलाई आग्रह गरेका छन् । प्राधिकरणलाई अब्बल दर्जाको नियामक निकाय बनाउन कर्मचारीहरूले सामूहिक रूपमा काम गर्नुपर्ने, उनले बताए । 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया