जनताको दुखको साथी सलिको, आगलागी पिडत ६६ घर परिवारलाई राहात सामाग्री विरतरण

  • BFIS News
  • 2024 Jun Sun 18:47
जनताको दुखको साथी सलिको, आगलागी पिडत ६६ घर परिवारलाई राहात सामाग्री विरतरण

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले गत बैशाखमा आगलागीका कारण प्रभावित ६६ घर परिवारलाई खाद्यान्न लगायतका राहात सामाग्रीहरु वितरण गरेको छ । 

निर्जीवन बीमा क्षेत्रमा चीरपरिचित तथा विश्वासिलो नाम सगरमाथा लुम्बिनी ईन्स्योरेन्स कम्पनी व्यवसायिक दृष्टिकोणबाट मात्र अब्वल नभई समाज प्रतिको दायित्व निर्वाहमा समेत अग्रणी स्थानमा रहदै आएको छ । कम्पनीले विगतदेखि नै विपदको समयमा सामाजिक उत्तरदायित्व अन्तर्गत विनियोजित रकमबाट सहमयोग उपलब्ध गराउदै आएको छ । 

कम्पनीले २०८१ साल बैशाख १८ गते सप्तरी जिल्ला महादेव गाउंपालिका १ चिम्टिमा आगलागीका कारण प्रभावित ६६ घर परिवारलाई कम्पनीको लाहान स्थित शाखा कार्यालय मार्फत सामाजिक उत्तरदायित्व अन्तर्गत २ लाख बरावरको खाद्यान्न लागायतका राहत सामाग्रिहरु वितरण गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री चंकी क्षेत्रीले जानकारी दिए ।

उक्त राहात सामाग्रीहरु यहि असार एक गते कम्पनीका शाखा प्रमुख तथा स्थानीय भद्रभलाद्मीहरुको उपस्थितिमा वितरण गरिएको हो । 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया