NIMB Header 2
Nepal Life

नेपाल र भारतबीचको आर्थिक सम्बन्ध थप विस्तार गर्नुपर्नेमा जोड

National Life
  • BFIS News
  • 2024 Jun 17 10:17
नेपाल र भारतबीचको आर्थिक सम्बन्ध थप विस्तार गर्नुपर्नेमा जोड
Sanima Reliance

काठमाडौं ।  नेपाल–भारतबीचको सामाजिक र आर्थिक सम्बन्धलाई थप विस्तार गर्दै दुवै देशको समृद्धिका लागि सरकार र जनस्तरबाट पहल हुनुपर्नेमा जोड दिइएको छ ।

Shikhar
NIMB

‘एसोसिएसन फर इकोनोमिक ग्रोथ’ र ‘अर्गनाइजेसन फर कमर्श एण्ड इन्ड्रष्ट्री फोरम’ द्वारा आइतबार काठमाडौंमा आयोजित ‘इन्डो नेपाल फ्रेन्डसिप ब्याङ्क्युट–२०२४’ का अवसरमा सहभागी वक्ताहरुले विश्व अर्थतन्त्रको चुनौतीको सामना गर्न राष्ट्रिय र अन्तर्राष्ट्रिय व्यापार र व्यवसायका विद्यमान समस्याको पहिचान गरी समाधानमा लाग्नसमेत आग्रह गरे।

कार्यक्रममा भारत–नेपालमैत्री सङ्घका प्रवक्ता शशीभूषण कुमारले नेपाल र भारतबीच वर्षौंदेखि आर्थिक, सामाजिक, सांस्कृतिक र साहित्यिक सम्बन्ध रहेको उल्लेख गर्दै दुई देशबीचको सीमापार आवतजावतमा कुनै प्रतिबन्ध नहुनुले आपसी सम्बन्धमा प्रगाढता रहेको बताए।

कार्यक्रममा हाल नेपालमा बस्दै आएका बेलायती नागरिक गारी देला पोमेराइ, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका पूर्वउपसचिव रामप्रसाद सुवेदी, ‘इडियु टेक नेपाल’का अध्यक्ष मदन दाइना सिलवाललगायतले आर्थिक समृद्धिका सवालमा आफ्ना अनुभव प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा भारतको विहारस्थित ‘हबी बेल्स–आइसक्रिम वैशाली’का प्रबन्ध निर्देशक शत्रुधन चौधरीलाई ‘गोल्ड स्टार एसिया इन्टरनेसनल अवार्ड’ प्रदान गरिएको थियो ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया