NIMB Header 2
Prabhu Mahalaxmi

आज बकर इदको अवसरमा सार्वजनिक बिदा, सेयर बजार बन्द रहने

United Ajod
  • BFIS News
  • 2024 Jun 17 10:23
आज बकर इदको अवसरमा सार्वजनिक बिदा, सेयर बजार बन्द रहने
IME LIFE

काठमाडौं । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै छ । इदुल फित्रअर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान गर्ने चलन छ ।

Nepal Life
NIMB

यस अवसरमा दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मिरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लाग्छ । हिजरी संवत् अनुसार १४३९ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको हो ।
     
यस अवसरमा सरकारले आज सार्वजनिक बिदा पनि दिएको छ। सार्वजनिक बिदा भएका कारण आज सेयर बजार पनि बन्द रहने छ। आइतबार नेप्से परिसूचक १७.०४ अंकले घटेर २०९५.२५ विन्दुमा बन्द भएको थियो।

शेयर गर्नुहोस

Nepal Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया