NIMB Header 2
Nepal Life

पेट्रोलियम ढुवानी व्यवसायीसँग जुट्यो सहमति, आजैदेखि आपूर्ती सुरु हुने

National Life
  • BFIS News
  • 2024 Jun 17 16:07
पेट्रोलियम ढुवानी व्यवसायीसँग जुट्यो सहमति, आजैदेखि आपूर्ती सुरु हुने
Sanima Reliance

काठमाडौं । पेट्रोलियम ढुवानी व्यवसायीको आन्दोलनका कारण रोकिएको आपूर्ती आजैदेखि सुरु हुने भएको छ।  उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आज व्यवसायी र नेपाल आयल निगमबीच भएको वार्तामा सहमति जुटेको हो।

Shikhar
NIMB

निगमका प्रवक्ता मनोज ठाकुरले सहमति भएसँगै आजैबाट पेट्रोल पम्पहरूमा आपूर्ती सुरु हुने बताए। नेपाल आयल नियमका नायब कार्यकारी निर्देशकको संयोजकत्वमा एक समिति गठन गरी १५ दिनभित्र मजदुरका माग सम्बोधन गर्ने विषयमा सहमति बनेको छ।

ट्याङ्कर व्यवसायीले सम्पूर्ण ट्याङ्कर चालक/सहचालक मजदुरहरूलाई श्रम ऐन अनुसार नियुक्ति पत्र दिई नेपाल सरकारले तोके अनुसारको तलबको व्यवस्था गरिनुपर्ने, सामाजिक सुरक्षा कोषमा आवद्धताको व्यवस्था गरिनुपर्ने लगायतका सात बुँदे माग राखेर आन्दोलन गर्दै ढुवानी रोकेका थिए।

 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया