Nepal Life

गभर्नर अधिकारी सार्कफाइनान्सको गभर्नर बैठकमा सहभागी, आर्थिक चुनौतीको सामना गर्न क्षेत्रीय सहकार्यमा जोड

Global Ime detail Page
  • BFIS News
  • 2024 Jun Tue 06:48
गभर्नर अधिकारी सार्कफाइनान्सको गभर्नर बैठकमा सहभागी, आर्थिक चुनौतीको सामना गर्न क्षेत्रीय सहकार्यमा जोड
Sanima Reliance

काठमाडौं । गभर्नर महाप्रसाद अधिकारी २०८१ जेठ ३१ र ३२ गते श्रीलङ्काको केन्द्रीय बैंकद्वारा राजधानी कोलम्बोमा आयोजित "45 th SAARCFINANCE Governors’ Meeting and Symposium" मा सहभागी भएका छन् । उक्त बैठकमा दक्षिण एसिया क्षेत्रका केन्द्रीय बैंकका गभर्नर, डेपुटी गभर्नर, अर्थ मन्त्रालयका अधिकारी र अन्य प्रतिनिधिको उपस्थिति थियो ।

NIMB

कार्यक्रमको पहिलो दिन SAARCFINANCE Governors’ Symposium  अन्तर्गत "Central Banking amid Multi-faceted Global Economic Challenges" विषयमा केन्द्रित सेमिनार अयोजना भयो । श्रीलङ्काका राष्ट्रपति एवम अर्थमन्त्री रनिल विक्रमासिङ्घेले सेमिनारमा उद्घाटन मन्तव्य राखे । सो अवसरमा उनले विगत केही वर्षदेखि सङ्कटग्रस्त श्रीलङ्काको अर्थतन्त्र हाल सुधारोन्मुख रहेको जनाउँदै समष्टिगत आर्थिक स्थायित्वका लागि विभिन्न नीतिगत व्यवस्थाका साथै मौद्रिक तथा सरकारी वित्तसँग सम्बन्धित कानुनी सुधारमा आफूहरु केन्द्रित रहेको बताए । साथै, उनले समसामयिक आर्थिक चुनौतीको सामना गर्न क्षेत्रीय सहकार्यको आवश्यकता औँल्याए ।

सोही दिन सहभागीहरूबीच सार्क क्षेत्रको अर्थतन्त्रको अवस्था तथा चुनौती, मौद्रिक नीतिका विभिन्न आयाम र अन्य समसामयिक आर्थिक विषयमा प्यानल छलफल भएको थियो ।

यसअन्तर्गत पहिलो सत्रमा आयोजित "Challenges and Opportunities of Evolving Global Economic Dynamics to SAARC Countries: Sharing Experience" विषयक प्यानल छलफलमा गभर्नर अधिकारी प्यानलिस्टको भूमिकामा सहभागी थिए ।

सो अवसरमा उहाँले विश्व अर्थतन्त्रको गतिशीलता र परिवर्तनबाट सार्क क्षेत्रमा देखिएको अवसर तथा चुनौतीका बारेमा आफ्नो धारणा राखे । साथै, नेपालको समग्र आर्थिक तथा वित्तीय परिसूचकको सन्दर्भ जोड्दै गभर्नर अधिकारीले अर्थतन्त्रमा देखिएका चुनौतीलाई सम्बोधन गर्न नेपालले अवलम्बन गरेका नीतिगत प्रयासबारे चर्चा गरे । दिगो विकासका लागि समष्टिगत आर्थिक स्थायित्वमा सम्झौता नगरी मौद्रिक तथा वित्त नीतिबीच आवश्यक समन्वय हुनुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा "Revisiting Monetary Policy Processes and Paradigms in SAARC Countries: Policy Puzzles, Solutions, and Lessons Learnt" विषयक दोस्रो प्यानल छलफल भएको थियो । उक्त छलफलमा सार्क क्षेत्रका केन्द्रीय बैंकले हाल अवलम्बन गरेका मौद्रिक नीतिको संरचना, पछिल्लो समयमा भएका परिवर्तन, मौद्रिक नीतिका सीमा एवम्आगामी कार्यदिशाका बारेमा चर्चा भएको थियो ।

कार्यक्रमको दोस्रो दिन गभर्नर अधिकारी 45th SAARCFINANCE Governors’ Group Meeting मा सहभागी थिए ।

SAARCFINANCE का वर्तमान अध्यक्ष एवम् सेन्ट्रल बैंक अफ श्रीलङ्काका गभर्नर डा. पी. नन्दलाल वीरासिङ्घेको अध्यक्षतामा आयोजित बैठकमा गभर्नर अधिकारीले SAARCFINANCE अन्तर्गतका विभिन्न कार्यक्रममा नेपाल राष्ट्र बैंकको भूमिकाको चर्चा गर्दै नेपालको वर्तमान आर्थिक तथा वित्तीय परिसूचकको पछिल्लो अवस्था, अर्थतन्त्रका चुनौती र क्षेत्रीय सहयोगको आवश्यकताका बारेमा आफ्नो धारणा राखे ।

कार्यक्रममा सहभागी केन्द्रीय बैंकका गभर्नरहरूबाट सार्क सदस्य राष्ट्रबीच आगामी दिनमा आर्थिक तथा वित्तीय क्षेत्रका समसामयिक विषयमा समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकतामा जोड दिइएको थियो । कार्यक्रममा सहभागी भई गभर्नर अधिकारी असार २ गते स्वदेश फर्किए ।

कार्यक्रमका अवसरमा गभर्नर अधिकारीले भारतीय रिजर्व बैंकका गभर्नर शक्तिकान्त दास र सेन्ट्रल बैंक अफ श्रीलङ्काका गभर्नर डा. पी. नन्दलाल वीरासिङ्घेसँग छुट्टाछुट्टै द्विपक्षीय भेटवार्ता समेत गरेका थिए । भेटका अवसरमा उनिहरूबीच समसामयिक तथा द्विपक्षीय सहकार्य लगायतका विषयमा छलफल भएको थियो । बैठकका दौरान गभर्नर अधिकारीले सार्क मुलुकका अन्य गभर्नरहरूसँग समेत मैत्रीपूर्ण भेटघाट र छलफल गरेका थिए ।

कार्यक्रममा गभर्नरको कार्यालयका निर्देशक डा. डिल्लीराम पोख्रेल र बैंकर्स प्रशिक्षण केन्द्रका निर्देशक शैलेन्द्र रेग्मीको समेत सहभागिता थियो । उक्त कार्यक्रमका अवसरमा सार्क मुलुकका केन्द्रीय बैंकका SAARCFINANCE Coordinators को अलग्गै बैठकसमेत सम्पन्न भएको थियो।

‘SAARCFINANCE’ दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) मा आबद्ध मुलुकका केन्द्रीय बैंकका गभर्नर तथा अर्थ सचिवहरूको सञ्जाल हो । सार्क राष्ट्रबीच समष्टिगत आर्थिक नीतिको विषयमा छलफल र पारस्परिक सहयोग आदान प्रदान गर्ने उद्देश्यका साथ सन्१९९८ मा ‘SAARCFINANCE’ को स्थापना भएको थियो । सन २००२ जनवरीमा काठमाडौंमा सम्पन्न ‘एघारौँ सार्क शिखर सम्मेलन’ ले ‘SAARCFINANCE’ लाई औपचारिक मान्यता दिएको थियो ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया