Nepal Life

घट्दो नाफा र बढ्दो खराव कर्जाले माइक्रोफाइनान्सको लाभांशमा चरम गिरावट, हेर्नुहोस् एक दशकको लाभांश इतिहास

Global Ime detail Page
  • अरुण सापकोटा
  • 2024 Jun Tue 11:41
घट्दो नाफा र बढ्दो खराव कर्जाले माइक्रोफाइनान्सको लाभांशमा चरम गिरावट, हेर्नुहोस् एक दशकको लाभांश इतिहास
Sanima Reliance

काठमाडौं । घट्दो नाफा एवं बढ्दो निष्क्रिय कर्जाले दवावमा रहेका लघुवित्त वित्तीय संस्थाको मुनाफामा पनि चरम गिरावट देखिएको छ । गत आर्थिक वर्ष २०७९/८० मा ५५ लघुवित्त वित्तीय संस्था मध्ये जम्मा १५ वटाले मात्रै लाभांश वितरण गरेका छन् । जवकी ५० वटाले साधारणसभा सम्पन्न गरेका छन् भने तीन वटाले साधारणसभा आह्वान गरेका छन् । 

NIMB

लघुवित्त वित्तीय संस्थाले विगत एक दशकमा वितरण गरेको लाभांश इतिहासलाई हेर्ने हो भने गएको आर्थिक वर्ष सबैभन्दा कमजोर देखिन्छ । जवकी आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ४० वटा लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण गरेका थिए । यो वर्ष नेपाल राष्ट्र बैंकको कडा नीतिका बावजुद पनि ३१.५८ प्रतिशतसम्म लाभांश वितरण भएको देख्न सकिन्छ ।

त्यस्तै आर्थिक वर्ष २०७७/७८ मा ३८ वटा, २०७६/७७ मा २९ वटा, २०७५/७६ मा ३० वटा, २०७४/७५ मा २२ वटा, २०७३/७३ मा २१ वटा, २०७२/७३ मा १७ वटा, २०७१/७२ मा ११ वटाले लाभांश वितरण गरेका थिए ।

यस अवधिमा कम्पनीहरुले वितरण गरेको लाभांश हेर्ने हो भने २०७१/७२ मा ५०/५१ देखि ६०/६२ प्रतिशतसम्म लाभांश वितरण भएको देखिन्छ । नेपाल राष्ट्र बैंकले लघुवित्तको लाभांशमा कडाइ गर्न थाले पछि मात्रै लाभांश वितरणमा कमि आएको हो ।

राष्ट्र बैंकले संख्या घटाउने उद्देश्य सहित मर्जरलाई दवाव दिन लाभांश वितरणमा रोक लगाउदा लाभांश वितरण मात्रै घटेन समग्रमा लघुवित्त वित्तीय संस्थाहरुमा पनि समस्या देखियो । राष्ट्र बैंकले जव लाभांशमा रोक लगायो तवदेखि लघुवित्त वित्तीय संस्थाहरुमा विचलन आएको देख्न पाइन्छ । यहि अवधिमा लघुवित्त वित्तीय संस्था विरुद्ध आन्दोलन नै भए । राष्ट्र बैंकले नीतिगत व्यवस्था गरेर व्यवस्थित गर्नुको सट्टा भिडलाई हेर्ने नीतिगत व्यवस्थामा परिवर्तन गर्दा अन्तत लघुवित्त वित्तीय संस्था नै समस्यामा देखिएका हुन् ।

लाभांश वितरणमा रोक पछि लघुवित्त वित्तीय संस्थाको निक्षेप र कर्जामा सिमा तोकिदिए पछि अझ धेरै वटा संस्था समस्यामा देखिएका हुन् । नेपाल राष्ट्र बैंकको एक अध्ययनले लघुवित्त वित्तीय संस्थाको सञ्चालन आत्मनिर्भरता घट्दै जादा मुनाफामा ह्रास आएको देखिएको छ । उक्त अध्ययन अनुसार विगतमा उच्च रहने गरेको सञ्चालन आत्मनिर्भरता अनुपात एक सय तीन दशमलव हाराहारी छ । निष्क्रिय कर्जा अनुपात अधिकांश वर्षहरूमा तीन प्रतिशतभन्दा कम रहने गरेकोमा अहिले ६ प्रतिशत भन्दा माथि छ ।

कमजोर आन्तरिक नियन्त्रण प्रणाली, कमजोर संस्थागत सुशासन र बहुबैंकिङसँगै ग्राहकमा अत्यधिक ऋणको अवस्था मुख्य समस्याका रूपमा औँल्याएको छ । त्यस्तै, कर्मचारीलाई तालिमको अभाव, ग्राहक दुर्व्यवहार र संरक्षणमा समस्या, सुगम क्षेत्रमा मात्र केन्द्रित रही दुर्गममा अझै पहुँचमा कमी, लघुवित्तको मोडलमा समस्याजस्ता देखिएको प्रतिवेदनमा उल्लेख छ ।

सरकारमा संलग्न रहेको राजीतिक दलकै कार्यकर्ता तथा नेताहरु लघुवित्त वित्तीय संस्था विरोध अभियान सञ्चालन गर्दै हिडे । यसमा पनि के पुष्ठी हुन्छ भने सरकार नै लघुवित्त वित्तीय संस्था सिध्याउन लागि पर्यो । परिणाम अहिले अधिकाम्स लघुवित्त वित्तीय संस्थाहरु समस्यामा छन् । लघुवित्त वित्तीय संस्थाको उद्देश्य वित्तीय पहुँच बढाउने हो । ठुला बैंकहरु गाउँ गाउँमा पुगेर लघु कर्जा प्रवाहमा संलग्न नहुने भएकाले यस्ता संस्थाहरुलाई राष्ट्र बैंकले लाइसेन्स दियो ।

पूँजी एकदमै कम हुने भएकाले यस्ता संस्थाको प्रतिशेयर आम्दानी धेरै आकर्षक देखियो । सँग सँगै लाभांश दर पनि एकदमै धेरै देखियो । यसले गर्दा दोस्रो बजारमा पनि यस्ता संस्थाको शेयर मूल्य सबैभन्दा माथि रहन पुगे । शेयर बजारमा कम्पनीको शेयर सप्लाइले सबैभन्दा धेरै भुमिका खेल्ने भएकाले कम पूँजी भएका लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा पनि उछाल आउने गरेको छ ।

राष्ट्र बैंकले कडाइ गर्नु भन्दा अगाडीसम्म लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य सर्वाधिक माथि थियो । पछिल्ला दिनमा राष्ट्र बैंक केहि खुकुलो हुने संकेत सँगै पुनः बढ्न थालेको छ ।

यस आर्थिक वर्षमा ५० मध्ये ३८ वटाले मात्रै लाभांश दिएका थिए । यस वर्ष जीवन विकासले ७३ प्रतिशतसम्म लाभांश वितरण गर्यो । नेपाल राष्ट्र बैंकले २० प्रतिशत भन्दा माथि लाभांश घोषणा गर्दा २० प्रतिशत भन्दा माथिको लाभांशको निश्चित प्रतिशत रकम कोषमा जम्मा गर्नु पर्ने व्यवस्था गरेको थियो । 

आर्थिक वर्ष २०७६/२०७७ मा ४९ वटाले साधारणसभा सम्पन्न गर्दा २९ वटाले मात्रै लाभांश दिएका थिए । 

आर्थिक वर्ष २०७५/७६ मा पनि ४८ मध्ये ३० वटाले लाभांश दिएका थिए । 

आर्थिक वर्ष २०७४/७५ मा ४० मध्ये २२ वटाले मात्रै लाभांश दिए । अधिकाम्स लघुवित्तले आइपिओ निष्काशन गर्न बाँकी थियो । यसले गर्दा पनि लाभांश दिनेको संख्या कम देखिएको हो । 

आर्थिक वर्ष २०७३/७४ मा ३६ मध्ये २१ वटाले लाभांश दिएका थिए । यो वर्ष लघुवित्तले घोषणा गरेको लाभांशलाई हेर्दा एकदमै आकर्षित देखिन्छ । लघुवित्तले ८० प्रतिशतसम्म लाभांश दिएको देख्न सकिन्छ । 

आर्थिक वर्ष २०७२/७३ मा २६ वटाले साधारणसभा सम्पन्न गरेकोमा १७ वटाले लाभांश दिएका थिए । यस वर्ष पनि लघुवित्तको लाभांश न्युनतम ५ प्रतिशतदेखि ५३ प्रतिशतसम्म दिएका थिए । 

आर्थिक वर्ष २०७१/२०७२ मा २४ मध्ये ११ वटाले लाभांश दिएका थिए । यस वर्ष पनि लघुवित्तले ६१ प्रतिशतसम्म लाभांश दिएका थिए । सुरु सुरुका वर्षमा लघुवित्तको संख्या एकदमै कम थियो जसले गर्दा दोस्रो बजारमा सूचिकृत लघुवित्तको संख्या पनि एकदमै कम थियो । त्यसमा पनि नेपाल राष्ट्र बैंकले अनुमति दिएका संस्थाहरु मध्ये धेरैले सञ्चालन गरिसकेका थिएनन् । यसले गर्दा यस वर्ष संख्यात्मक रुपमा उपस्थिति एकदमै कम थियो । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया