Nepal Life

गरिमा विकास बैंकले केन्द्रिय कार्यालयका घरजग्गा खरिद गर्दै, यि क्षेत्रका घर जग्गाधनीसँग प्रस्ताव आह्वान

Global Ime detail Page
  • BFIS News
  • 2024 Jun Tue 13:32
गरिमा विकास बैंकले केन्द्रिय कार्यालयका घरजग्गा खरिद गर्दै, यि क्षेत्रका घर जग्गाधनीसँग प्रस्ताव आह्वान
Sanima Reliance

काठमाडौं । गरिमा विकास बैंकले केन्द्रिय कार्यालयका लागि घर जग्गा खरिद गर्ने भएको छ । लाजिम्पाट स्थिति भाडाको घरमा केन्द्रिय कार्यालय सञ्चालन गर्दै आएको बैंकले अहिलेको मन्दीको मौका छोप्दै घरजग्गा खरिद गर्ने योजना बनाएको हो ।

NIMB

बैंकले काठमाडौं महानगरपालिका अन्तर्गत त्रिपुरेश्वरदेखी सुन्धारा, जमल/कान्तिपथ, लैचचौर, लाजिम्पाट हुँदै महाराजगञ्जसम्म वा गैरीधारा, नागरपोखरी, हात्तीसार, कमलादी, पुतलीसडक, कमलपोखरी, नक्साल, बालुवाटार, ज्ञानेश्वर, अनामनगर, थापाथली, माईतीघर, बबरमहल, नयाँ बानेश्वरदेखि पुरानो बानेश्वर हुँदै मैतीदेवी, डिल्लीबजार तथा आसपसाका क्षेत्रमा उपयुक्त घर जग्गा खरिद गर्ने भएको हो । यस क्षेत्रमा घरजग्गा खरिदका लागि इच्छुक व्यक्ति तथा संघ संस्थाले आगामी असार १५ गतेभित्र बैंकको केन्द्रिय कार्यालयमा आइपुग्ने गरी बोलपत्र प्रस्ताव पेश गर्न समेत आह्वान गरेको छ ।

बैंकले खाली जग्गाको हकमा जग्गाको क्षेत्रफल कम्तिमा २ रोपनी हुनु पर्ने क्राइटेरिया तोकेको छ । त्यस्तै भवनसहितको जग्गाको हकमा पनि कम्तिमा २ रोपनी क्षेत्रमा ५० हजार वर्गफिटको भवन निर्माण भएको हुनु पर्नेछ ।

प्रस्तावित घर जग्गामा चार पांग्रे सवारी साधन सहज रुपमा आवत जावत हुने कम्पनीमा २० फिटको बाटो लगायत विद्युत, ढल, खानेपाली लगायतका आधारभूत सुविधाहरु हुनु पर्नेछ । भवनको हकमा सडक विभागबाट अनुमति प्राप्त गरेको हुनु पर्ने बैंकले जनाएको छ । बैंकले २०७२ साल भन्दा अगाडी निर्माण भएको भवनलाई बोलकबोल प्रकृयाँमा स्वीकार नगर्ने जनाएको छ । त्यस्तै कुनै पनि विवाद भएको घर जग्गालाई बैंकले स्वीकार गर्ने छैन । बैंकले खरिद गर्न थालेको जग्गा सम्बन्धित क्षेत्रमा प्रति आना ८० लाखदेखि डेढ करोडसम्म पर्न जान्छ । यस हिसावले बैंकले जग्गा मात्रै खरिद गर्दा पनि साढे २ अर्ब भन्दा माथि पर्न जान्छ । तर घरजग्गामा मन्दी छाएकाले लोकेसन भन्दा केहि भित्रका र समस्यामा रहेका व्यक्तिहरुलाई सम्पर्क गर्न सकेमा यो भन्दा कम लागतमा खरिद गर्न सक्ने अवसर रहेको छ ।

गरिमा विकास बैंक स्थापना भएको १८ वर्ष पुरा भयो । यस अवधिमा बैंकले आर्जन गरेको रकमलाई सम्पत्तीको रुपमा रुपान्तरण गर्नुका साथै दैनिक रुपमा उपभोग गर्ने उद्देश्य सहित घर जग्गा खरिद गर्ने अवस्थामा आइपुगेको छ । पछिल्ला दिनमा बैंकहरुले आफ्नै भवनमा केन्द्रिय कार्यालय सञ्चालन गर्ने क्रम पनि बढेको छ । भाडामा बस्दा वर्षेनी करोडौ रुपैयाँ खर्चिनु पर्छ । यसका अलवा आफ्नै भवन खरिद गर्न सकियो भने भाडा पनि बच्छ साथै सम्पत्ती पनि जोड्ने अवसर प्राप्त हुन्छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया