Nepal Life

नेशनल लाइफले कर्मचारीलाई दियो जीवन उपयोगी बहू आयामिक प्रशिक्षण

Global Ime detail Page
  • BFIS News
  • 2024 Jun Tue 21:18
नेशनल लाइफले कर्मचारीलाई दियो जीवन उपयोगी बहू आयामिक प्रशिक्षण
Sanima Reliance

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले केन्द्रिय कार्यालय लाजिम्पाटमा यहि असार २ गतेदेखि ४ गतेसम्म आफ्ना वरिष्ठ कर्मचारीहरुका लागि स्वास्थ्य र सन्तूलित जीवन प्रर्द्धन गर्ने प्रयोजनले एक बहू आयामिक प्रशिक्षण कार्यक्रम  प्रदान गरेको छ ।

NIMB

यो प्रेरणादायी प्रशिक्षणबाट कर्मचारीहरुको व्यक्तिगत एवंम् व्यवसायीक विकाश हूने र कम्पनीको लागि समेत उपयोगी हूने अपेक्षा गरिएको छ । विविध पक्षलाई समेटेर तयार गरिएको यो प्रशिक्षणबाट व्यक्ति र संस्था दूबैको व्यवासायीकतामा बृद्धि हूने र कर्मचारीहरुलाई स्वस्थ्य वातावरणमा नवीनतम् ढंगले कार्य गर्न उत्प्रेरित गरी आफ्नो व्यक्तित्व विकासमा प्रेरणा प्रदान गर्ने छ ।

तालिमको नेतृत्व आर्ट अफ लिभिङ नेपालका कर्पोरेट कार्यक्रम निर्देशक नीभा एम. प्रधानले गरेकी थिइन् । प्रधान एक सम्मानित अन्तर्राष्ट्रिय कर्पोरेट प्रशिक्षक हून ।  जसको बैंकिङ क्षेत्रमा उच्च व्यवसायीक पृष्ठभूमि रहेको छ ।

कर्जा पोर्टफोलियोहरु प्रबन्ध गर्न र व्यवस्थापन तालिमहरु सञ्चालन गर्न उनीमा विशेषता छ । उनको विशेषता र अनूभवले यो कार्यक्रमलाई सफल पार्न बहूमूल्य सहयोग प्रदान गरेको छ । साथै यस कार्यक्रममा वरिष्ठ प्रशिक्षक अच्यूत गौतम र सम्झना खरेलले पनि सहयोगी भूमिका निर्वाह गरेकी थिइन् । 

आर्ट अफ लिभिङसंग यस्ता कार्यक्रमहरु सम्बन्धी चालिस वर्षभन्दा वढि समयावधिको सफल अनूभव रहेको र विश्वभरका लगभग १८६ देशहरुमा यी कार्यक्रम कार्यान्वयन गरिएको छ । यी कार्यक्रमहरु विश्व स्वास्थ्य संगठनको वेलनेश मोडलसंग मेल खाने हिसावले तयार गरिएको छ । यस कार्यक्रमबाट  सहभागीहरुलाई रोग र तनावढ मूक्त गरी समग्र स्वास्थ्य र कल्याणलाई बढवा दिने साथै कर्मचारीहरुमा उनीहरुको मानसिक अवस्था, कार्य सम्पादन, उर्जा स्तर, निर्णय लिने, समय व्यवस्थापनमा उल्लेखनीय सूधारहरु हूनेमा कम्पनी विश्वस्त रहेको छ ।

नीभा एम. प्रधानका अनूसार “कर्मचारीहरुलाई प्राथमिकता दिने संस्थाहरुको ब९्दो संख्या देखेर हामी हर्षित छौ । हाम्रो समग्र प्रशिक्षण प्याकेज व्यक्ति र संस्था दूबैको लागि अधिकतम र दिगो फाइदाहरु प्रदान गर्ने हिसावले बनाइएको छ । समय तथा लगानीको अधिकतम परिणामको सूनिश्चित गर्न कार्यक्रम सम्पन्न भए पश्चात् थप तालिम सत्रहरु सञ्चालन गर्न संस्था प्रतिवद्ध छ ।”

कार्यक्रमको समापन समारोहमा कम्पनीको अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंह साथै आर्ट अफ लिभिङ नेपालका अध्यक्ष सिद्धधर कूमार सिंहको उपस्थिति रहेका थियो । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको सफलताको लागि स्वस्थ उत्प्रेरणा आवश्यक छ भन्ने मान्यता राख्दै आफ्ना कर्मचारीहरुलाई यस्तो उच्च स्तरको तालिम प्रदान गर्न पाउंदा कम्पनी गौरवान्वीत छ । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया