Nepal Life

हिमालयन बैंकको एफपिओको बिक्री प्रवन्धकमा सिटिजन क्यापिटल, १६५ रुपैयाँमा ६४ लाख ७५ कित्ता जारी गर्ने

Global Ime detail Page
  • BFIS News
  • 2024 Jun Tue 21:35
हिमालयन बैंकको एफपिओको बिक्री प्रवन्धकमा सिटिजन क्यापिटल, १६५ रुपैयाँमा ६४ लाख ७५ कित्ता जारी गर्ने
Sanima Reliance

काठमाडौं । हिमालयन बैंकले एफपिओ जारी गर्नका लागि सिटिजन क्यापिटललाई नियुक्त गरेको छ । आज हिमालयन बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत हिमालयन राणा र सिटिजन क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सविर बादे श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । 

NIMB

आज एक विशेष समारोहका एफिओ निष्काशनको सम्पुर्ण प्रकृयाँ अगाडी बढाउने सहमति भएको छ । बैंकले साधारणसभाबाट एफिपिओ जारी गर्ने प्रस्ताव पारित गरिसकेको छ । बैंकले पछिल्लो लेखापरीक्षण प्रतिवेदन अनुरुप प्रतिशत नेटवर्थकै आधारमा मूल्य कायम गर्नेछ । 

बैंकले १६५ रुपैयाँको दरमा ६४ लाख ७५ कित्ता शेयर जारी गर्नेछ । बैंकले सर्वसाधारण शेयरधनी समुह तर्फ ३० प्रतिशत कायम हुने गरी शेयर जारी गर्न थालेको हो । यस आधारमा बैंकले एक अर्ब ६ करोड रुपैयाँ बजारबाट उठाउनेछ । जस मध्ये ४२ करोड ८ लाख रुपैयाँ प्रिमियम प्राप्त गर्नेछ । एफपिओ पछि बैंकको चुक्ता पूँजी २२ अर्ब ३० करोड पुग्नेछ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया