Nepal Life

बैंकहरुलाई कर्जा उठाउनै पर्ने दवाव, चालु आवमा मात्रै ३६ हजार ९३५ ऋणीको नाम कालोसूचीमा

Global Ime detail Page
  • BFIS News
  • 2024 Jun Wed 07:18
बैंकहरुलाई कर्जा उठाउनै पर्ने दवाव, चालु आवमा मात्रै ३६ हजार ९३५ ऋणीको नाम कालोसूचीमा
Sanima Reliance

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरु कर्जा उठाउनै पर्ने दवावमा परिरहदा चालु आर्थिक वर्षको हालसम्मको अवस्थामा ३६ हजार ९३५ जना ऋणीको नाम कालोसूचीमा दर्ता भइसकेको छ ।

NIMB

चरम आर्थिक मन्दी र ऋण तिर्न सक्ने क्षमतामा ह्रास आउदा बैंक एवं वित्तीय संस्थाबाट ऋण लिएर नतिर्ने खराब ऋणीहरुको संख्यामा पछिल्लो समय अधिक बृद्धि भइरहेको छ । गत आर्थिक वर्ष २०७९/८० मा २५ हजार ४९ जना कालोसूचीमा परेका थिए । त्यस्तै यस भन्दा अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा ११ हजार ४९८ जना ऋणीको नाम कालो सूचीमा दर्ता भएको थियो ।

कर्जा सूचना केन्द्रले लघुवित्त वित्तीय संस्थाहरुका ऋणीलाई पनि कालोसूचीमा दर्ता गर्न सुरु गरिसकेको छ । यस तर्फ हालसम्म ३७८९ जना ऋणीको नाम कालोसूचीमा दर्ता भएको छ । यहि गतिमा कालोसूचीमा संख्या बढ्दै जाने हो भने बैंकहरुको खराव कर्जाको प्रतिशत अझ बढ्न सक्ने बैंकरहरु बताउछन् ।  

बैंक तथा वित्तीय संस्थाहरुबाट लिएको कर्जा निर्धारित समय साथै अतिरिक्त समयमा समेत भुक्तानी नगरेपछि कालोसूचीमा राख्ने गरिन्छ । पछिल्लो समय ऋणीको कर्जा भुक्तानी गर्ने क्षमतामा ह्रास आउदै गइरहेको छ । चरम आर्थिक मन्दीका कारण निम्न आय वर्गका समुदायले ऋण तिर्न सकेका छैनन् ।

भुकम्प पछिको पुनःनिर्माणमा यस्तो वर्गले ठुलो मात्रामा कर्जा लिएका छन् । कोभिड १९ को महामारी अगाडीसम्म उनिहरुले सहजै व्याज र किस्ता भुक्तानी गरिरहेका थिए । कोभिड पछि उनिहरुको नियमित आम्दानीमा समस्या आउदा संख्यात्मक रुपमा यस्तो वर्गले कर्जा तिर्न सकिरहेको छैन । गाउँ गाउँमा अनुत्पादनमुलक कङक्रिड घर निर्माण भएका छन् । उनिहरुले आफ्नो स्रोत सक्काएर ऋण लिएका थिए । केहि नभएर घर घडेरी बिक्री गरेर भए पनि कर्जा सल्टाउला भन्ने योजनामा रहेका उनिहरुलाई घरजग्गामा आएको मन्दीले ठुलो असर पारेको छ ।

घरजग्गा बिक्री हुन नसके पछि अहिले घर जग्गा विच एक्सचेन्ज अफर चलिरहेको छ । केहि समय अगाडी काठमाडौंको भृकुटी मण्डपमा घर जग्गा एक्सचेन्ज मेला नै चलेको थियो । यसले पछि नेपालको घरजग्गाको कारोबार कुन तहमा झरेको छ भन्ने कुरा पुष्ठी हुन्छ । सहरी क्षेत्रमा आकासिएको घर घडेरीको मूल्यमा चलखेल गर्नेहरु अहिले सबैभन्दा ठुलो मारमा छन् । जसले नियमित आम्दानी नहुँदा नहुँदै सम्पत्तीको आडमा मात्रै कर्जा लिएका थिए उनिहरु अहिले सबैभन्दा ठुलो समस्यामा छन् ।

जसको परिवारबाट वैदेशिक रोजगार तथा युरोप अमेरिका अध्ययनमा गएका छैनन् त्यो परिवारलाई अहिले धेरै समस्या छ । यस्ता परिवारले बैंकबाट लिएको ऋणको व्याज र किस्ता पनि धान्न सकिरहेका छैनन् । गएका वर्षमा नेपाल राष्ट्र बैंकले रिफाइनान्स र कर्जा पुनर्ताजगीकरणको सुविधा दिएको थियो । यतिवेलासम्म ऋणीलाई खासै समस्या थिएन । तर अहिले त्यहि सुविधा ऋणीको ठुलो समस्या बनेको छ । कर्जा पूँजीकरण हुँदा लिएको ऋणीबाट तिर्नु पर्ने ऋणी धेरै माथि पुगिसकेको छ ।

बैंकहरुले आर्थिक वर्ष सकिनै लाग्दा ऋण नतिर्ने ऋणीको धितो लिलामका लागि दैनिक रुपमा आह्वान गर्दै आइरहेका छन् । अझ ऋण नतिरेर तिर्नका लागि आह्वान गरिएका नामावली निकै लामो भइसकेको छ । यसले समग्र अर्थतन्त्र तथा बैंकिङ प्रणालीलाई नै ठुलो समस्यामा परेको छ । यहि कारणले सरकारले कित्ताकाटदेखि लिएर घरजग्गामा गरेको कडाइलाई फुकुवा गरिसकेको छ । तै पनि घरजग्गाको कारोबारले लय समाउन सकेको छैन । यदि घरजग्गाको कारोबारले लय समाउने हो भने अहिलेका धेरै समस्या समाधान हुनेछ । जुन नेपाली अर्थतन्त्रको दीर्घकालिन समाधान भने होइन ।  

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया