Nepal Life

दोस्रो नेशनल बैकिङ डिस्कोर्स : बैंकिङ क्षेत्रको मौद्रिक नीतिसँगको अपेक्षा सत्रमा प्रमुख वक्ता डा. प्रकाश शरण महत

Global Ime detail Page
  • BFIS News
  • 2024 Jun Thu 13:59
दोस्रो नेशनल बैकिङ डिस्कोर्स : बैंकिङ क्षेत्रको मौद्रिक नीतिसँगको अपेक्षा सत्रमा प्रमुख वक्ता डा. प्रकाश शरण महत
Sanima Reliance

काठमाडाैं । दोस्रो नेशनल बैकिङ डिस्कोर्स २०२४ मा वक्ताका रुपमा निवर्तमान अर्थमन्त्री एवम् नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महत सहभागी हुने भएका छन् । ‘बैंकिङ क्षेत्रको समसामयिक अवस्थामा आउँदो मौद्रिक नीतिसँगको अपेक्षा’ शीर्षकको छलफलमा प्रमुख वक्ताका रुपमा डा. महत सहभागी हुन लागेका हुन् । 

NIMB

वि.स. २०१६ सालमा नुवाकोटमा जन्मिएका डा. महतले संयुक्त राज्य अमेरिकाको इलिनोइस राज्यको कार्बोन्डेलमा अवस्थित साउथर्न इलिनोइस युनिभर्सिटीबाट अर्थशास्त्रमा पीएचडीको उपाधि हासिल गर्नुका साथै युनिभर्सिटी अफ इलिनोइस एट अर्बाना–चेम्पेनबाट नीति अर्थशास्त्रमा मास्टर अफ साइन्स र त्रिभुवन विश्वविद्यालय काठमाडौंबाट अर्थशास्त्रमा एमए गरेका छन् । 

परराष्ट्र तथा उर्जा मन्त्रालयको समेत जिम्मेवारी सम्हालिसकेका महतले अर्थमन्त्री हुँदा संकटोन्मुख अर्थतन्त्रलाई ट्र्याकमा ल्याउन बाेल्ड कदम चालेका थिए । देश र जनतालाई केन्द्रविन्दुमा राखेर जिम्मेवारी पूर्वक काम गर्नुपर्छ भन्ने डा. महतले अर्थमन्त्रीकाे जिम्मेवारी सम्हाल्दा देशकाे आर्थिक अवस्था श्रीलंका जस्तै हुन्छ भन्ने व्यापक हल्ला थियाे । तर, डा. महतकाे सुझबुझ पूर्णढंगले काम गर्ने शैलीकै कारण देशकाे आर्थिक अवस्था श्रीलंका हुनबाट जाेगिएकाे थियाे र बिग्रिएकाे देशकाे अर्थतन्त्र केहि हदसम्म ट्र्याकमा आएकाे थियाे । आर्थिक विश्लेषण र परराष्ट्र सम्बन्ध सम्बन्धी विषयमा विशेष दख्खल राख्ने उनी लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास, मानव अधिकार, प्रेस स्वतन्त्रता र युवा रोजगारीका मुद्दालाई विशेष जोड दिने गरेका छन् । 

बैकिङ समाचार डटकमको आयोजना, ग्लोबल आईएमई बैंकको मुख्य प्रायोजन तथा फोन पेको सह-प्रायोजनमा असार ११ गते दोस्रो नेशनल बैंकिङ डिस्कोर्स २०२४ आयोजना हुने भएको हो । 

नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी, विशेष सत्रमा छलफलका लागी अर्थमन्त्री वर्षमान पुनको उपस्थिति रहने उक्त कार्यक्रममा नियामकीय निकाय, बैंक तथा वित्तीय क्षेत्र, सञ्चार क्षेत्र तथा सूचना प्रविधि क्षेत्रका विज्ञ तथा अन्य क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहने बताइएकाे छ।

मुख्य रुपमा बैकिङ क्षेत्रको समसामयिक अवस्थामा आउँदो मौद्रिक नीतिसँगको अपेक्षा, वित्तीय साक्षरतामा लगानी र यसको सामाजिक प्रभाव तथा वर्तमान स्थिति, नेपालमा डिजिटल इकोसिस्टमको वर्तमान परिदृश्य तथा क्रस बोर्डर डिजिटल भुक्तानीका चुनौतीहरू, सामाजिक आर्थिक विकासका लागि रेमिट्यान्सको दिगो उपयोगिता र आगामी दिशानिर्देशका बारेमा छलफल हुने बताइएकाे छ । दोस्रो नेशनल बैंकिङ डिस्कोर्स २०२४ ले बैंकिङ क्षेत्रका समस्याहरूको समाधान खोज्न र नेपालमा बैंकिङ प्रणालीलाई सुधार गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको आयाेजकले जनाएकाे छ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार