NIMB Header 2
Nepal Life

फाइनान्समा नाफा बुक गरेर हाइड्रोपावरमा फर्किए लगानीकर्ता, सूचक भन्दा लो क्यापका कम्पनीमा केन्द्रित

National Life
  • BFIS News
  • 2024 Jun 25 15:07
फाइनान्समा नाफा बुक गरेर हाइड्रोपावरमा फर्किए लगानीकर्ता, सूचक भन्दा लो क्यापका कम्पनीमा केन्द्रित
Sanima Reliance

काठमाडौं । लगातार बढिरहेको फाइनान्सको शेयरमा नाफा बुक गरेर लगानीकर्ताहरु जलविद्युत कम्पनी र ट्रेडिङ समुहका कम्पनीको शेयरमा प्रवेश गरेका छन् । 

Shikhar
NIMB

वित्तीय अवस्था खराव रहदा रहदै पनि 'लो क्याप'का कारण शेयर बजारका खेलाडीको रोजाइमा परेका फाइनान्सहरुको शेयर मूल्य नेप्से सूचक सर्वाधिक उचाइमा रहदाको समयको भन्दा पनि धेरै माथि पुग्न थालिसकेका छन् । धेरै ठुलो चुक्ता पूँजी भएका कम्पनीमा भन्दा पनि एकदमै कम चुक्ता पूँजी भएका कम्पनीबाटै कतिपय लगानीकर्ताले राम्रो पैसा कमाएका छन् । 

मंगलबार नेप्से सूचक ५.६० अंकले बढ्दा कारोबार रकम भने ४ अर्ब १८ करोड नाघेको छ । नेप्से सूचक २०७१.७७ अंकमा छ । आज १५१ वटा कम्पनीको शेयर मूल्यमा सुधार आउदा ८८ वटा कम्पनीको शेयर मूल्यमा सुधार देखिएको छ । बैंकिङ, निर्जीवन, व्यापार र फाइनान्सको सूचकमा गिरावट देखिदा सर्वाधिक धेरै हाइड्रोपावर र इन्भेष्टमेन्टको सूचकमा सुधार देखिएको छ ।

ग्लोबल आइएमई बैंकको ऋणपत्र र मकर जितुमाइ हाइड्रोपावरको शेयर मूल्यमा सर्किट लागेको छ । आरएसडिसी लघुवित्त र एनआरएन इन्फ्राष्ट्रक्चरको शेयर कारोबार सर्वाधिक धेरै भएको छ । बैंकिङ प्रणालीमा प्रयाप्त तरलता छ । नेपाल राष्ट्र बैंकले केहि खुकुलो मौद्रिक समिक्षा ल्याउने संकेत देखाइसकेको छ । यसले गर्दा शेयर बजारमा राम्रो सपोर्ट गर्दै आएको छ । 

 

 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया