Nepal Life

अन्तरदेशीय डिजिटल भुक्तानीका लागि सानिमा बैंक र नेपाल क्लियरिङ हाउसबीच सम्झौता

Global Ime detail Page
  • BFIS News
  • 2024 Jun Tue 16:06
अन्तरदेशीय डिजिटल भुक्तानीका लागि सानिमा बैंक र नेपाल क्लियरिङ हाउसबीच सम्झौता
Sanima Reliance

काठमाडौं । सानिमा बैंकले नेपाल क्लियरिङ हाउससँग नेपाल र भारतमा अन्तरदेशीय सरल र सजिलो डिजिटल भुक्तानी सुविधा प्रदान गर्नका लागि सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।

NIMB

उक्त सम्झौतापत्रमा सानिमा बैंकका तर्फबाट प्रमुख निक्षेप अधिकृत हेमराज संज्याल र नेपाल क्लियरिङ हाउसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले हस्ताक्षर गरे ।

यस सहकार्यबाट दुवै देशका नागरिकहरूलाई एनसीएचएल नेटवर्कमार्फत नेपाल राष्ट्र बैंकको नियमानुसार रकमान्तर गर्न सहज र झन्झटरहित डिजिटल भुक्तानी सेवा प्रदान हुने उद्देश्य रहेको छ । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया