Nepal Life

नाफा बुक गरेर फाइनान्समै फर्किए लगानीकर्ता, सूचक घट्दा पनि लगानीकर्ताहरु मालामाल

Global Ime detail Page
  • BFIS News
  • 2024 Jun Wed 15:11
नाफा बुक गरेर फाइनान्समै फर्किए लगानीकर्ता, सूचक घट्दा पनि लगानीकर्ताहरु मालामाल
Sanima Reliance

काठमाडौं । आर्थिक वर्षको अन्तिम महिनाको अन्तिम दिनहरुमा चलिरहदा लगानीकर्ताहरुले दोस्रो बजारबाट शेयर बिक्री गरेर पैसा जोहो गर्ने क्रम बढेको छ । गएका दिनमा जलविद्युत कम्पनी र फाइनान्समा राम्रो पैसा कमाएका लगानीकर्ताले अहिले दोस्रो बजारमा नाफा बुक गरिरहेका छन् । नाफा बुक मात्रै गरिरहेका छैनन्  पुनः फाइनान्सकै शेयर उठाउन सुरु गरेका छन् । गएका केहि दिन फाइनान्सको शेयरमा राम्रो नाफा बुक हुँदा पनि आज आएर फेर बढ्नुले लगानीकर्ताको सबैभन्दा धेरै कन्फिडेन्स फाइनान्समै देखिएको छ । 

कतिपय फाइनान्सको शेयर मूल्य नेप्से सूचक सर्वाधिक धेरै ३१९९ अंक हुँदाको भन्दा माथि पुगेका छन् । यसरी शेयर बजार ११ सय अंक भन्दा धेरै तल हुँदा पनि फाइनान्सका शेयरधनी मालामाल बनेका छन् । 

NIMB

अवको केहि साता शेयर बजारमा राम्रो गिरावट हुने संकेत सँगै लगानीकर्ताहरुले अहिले नै शेयर बिक्री गरेर पैसा जोहो गरेर बसेका हुन् । यस वर्षको मौद्रिक नीतिमा केहि लचकता आउने नेपाल राष्ट्र बैंकको संकेत सँगै गएका दिनमा लगानीकर्ताहरु हौसिएका थिए । राष्ट्र बैंकले साउन पहिलो साता मौद्रिक नीति सार्वजनिक गर्नेछ । त्यस भन्दा अगाडी यहि १३/१४ गतेसम्म मौद्रिक समिक्षाका लागि सुझाव संकलन गरिरहेको राष्ट्र बैंकले त्यति धेरै सुधारोन्मुक मौद्रिक नीति ल्याउने देखिदैन । 

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति मार्फत समग्र वित्तीय प्रणालीका लागि भन्दा पनि व्यक्तिहरुले व्यक्तिगत रुपमा केहि रिलिफ पाइन्छ कि भन्ने सोचिरहेको बताएका छन् । राष्ट्र बैंकले तथ्याङ्कमा आधारित भएर नीति ल्याउने भएकाले मौद्रिक नीतिले के कस्तो विषयमा समेट्छ भन्ने कुरा खुला किताव जस्तै रहेको उनको भनाइ छ । 

बुधबार नेप्से सूचक ११.६० अंकले घटेको छ । सूचक २०६०.१६ अंकमा झरेको छ । कारोबार रकम भने ४ अर्ब ५ करोडको भएको छ । बजारमा तिव्र उचारचढाव हुँदा पनि लगानीकर्ताहरुले शेयर खरिद बिक्री‍ गरिरहेका छन् । 

फाइनान्स, म्युचुअल फण्ड र ट्रेडिङको सूचकमा सुधार देखिएको छ भने बाँकी सूचक घटेका छन् । गएका दिनमा राम्रो बढेर नाफा बुक हुँदा पनि आजदेखि पुन फाइनान्सको शेयरमा सुधार देखिएको छ । यसरी बजार घट्दा पनि फाइनान्सबाट लगानीकर्ताले राम्रो पैसा कमाइरहेका छन् । बजार बढेको नदेखिए पनि निश्चित कम्पनीबाट लगानीकर्ताले करोडौ नाफा गर्न भ्याएका छन् । जसले लगानीलाई विविधिकरण गर्दै अन्य सेक्टरमा लगानी गरेका थिए उनिहरुले भन्दा फाइनान्स र केहि कम्पनीमा केन्द्रित भएर लगानी गर्नेले राम्रो पैसा बनाएका हुन् । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया