Nepal Life

आगामी आर्थिक वर्ष 'केहि वर्षको अन्तराल पछिको' उज्यालो वर्ष बनोस, प्रभु बैंकका सिइओ अशोक शेरचनको विचार  

Global Ime detail Page
  • अशोक शेरचन
  • 2024 Jun Wed 17:03
आगामी आर्थिक वर्ष 'केहि वर्षको अन्तराल पछिको' उज्यालो वर्ष बनोस, प्रभु बैंकका सिइओ अशोक शेरचनको विचार  
Sanima Reliance

काठमाडौं । हामी नयाँ आर्थिक वर्षको संघारमा छौं । आगामी आर्थिक वर्षलाई म केहि वर्षको अन्तराल पछिको उज्यालो आर्थिक वर्ष बनोस भन्ने शुभकामना दिन चाहन्छु ।

NIMB

हाम्रो देशको कुल गार्ह्थ्य उत्पादनको आकार करिव करिव ५७/५८ खर्बको रहेको छ । हामी आकारका हिसावले विश्वका १०० देश भित्र पर्छौ । एशिया प्यासिफिक भित्र ३० नम्बरमा पर्छौ । यसर्थ भन्न सकिन्छ हामी अवसरै अवसरको सम्भावना नै सम्भावनाको समयमा छौ । केहि साना तिना आरोह अवरोह यस विचमा झेल्नु पर्यो होला । आगामी आर्थिक वर्षहरु निकै सुन्दर निकै उज्जल र निकै सम्भावना बोकेका हुनेछन् भनेर हामी सबै मनैबाट कामना गरिरहेका छौ ।

विगत केहि वर्षदेखि मौद्रिक नीतिलाई सम्पुर्ण नेपालीहरुले आशापुर्ण तवरले हेर्न सुरु गरेका छन् । वित्त नीति भन्दा बढि प्राथमिकता मौद्रिक नीतिले पाउन सुरु गरेको छ । यसको अक्षर अक्षरहरु पढिन थालिएका छन् । र ति अक्षरहरु सँग हाम्रा कयौ सपनाहरु साकार हुन थालेका छन् ।

अर्थतन्त्रका सबै पक्षहरु बलिया हुन सक्छन् । जसबाट अर्थतन्त्रले नयाँ बाटो समाउन सक्छ । जसले अझ ठुलो आकारको जिडीपि तयार हुन सक्छ । कोभिड कालदेखि हाम्रोम मात्रै होइन विश्वले नै केहि केहि संकटपुर्ण अवस्थाको सामना गर्नु परेको छ । तर पनि सबै स्टेक होल्डरको साथ तथा केन्द्रिय बैंकको बुद्धिमतापुर्ण चालका कारणले अर्थतन्त्रलाई यहाँसम्म ल्याएका छौ ।

हाम्रो आयात निर्यातको कुरा गर्दाखेरी सुरुदेखि नै कमजोर अवस्थामा छौ । गएका १० महिनामा हामीले एक खर्ब ८० अर्ब रुपैयाँ बराबरको निर्यात गरेका छौ । आयात करिव करिव ११/१२ गुणा छ । त्यो भनेको १३ खर्ब बराबरको छ । यसरी हेर्दा व्यापार घाटा ११ खर्ब ८० अर्ब रहेको छ । यो उदेक लाग्दो तथ्याङ्क हुन सक्छ । तर पनि हामीले हाम्रा स्रोतहरुको अधिकतम प्रयोगका लागि विभिन्न किसिमका कार्यक्रमहरु गरिरहेका छौ । नीजी तथा सरकारी संस्थाहरुबाट धेरै प्रयासहरु भइरहेका छन् । तै पनि नेपालमा नीतिगत स्थायित्वको आवश्यकता छ ।

सबैभन्दा राम्रो पक्ष केहि दशकदेखि रेमिट्यान्स नै हो । पछिल्लो १० महिनामा पनि १२ खर्ब बराबरको रेमिट्यान्स प्राप्त गरेका छौ । हुन त यो तथ्याङ्क एकदम ठुलो लाग्छ । तर यस भन्दा पछाडी छुटेका अनगिन्ति कथाहरु छन् । रेमिट्यान्सको बृद्धिदर करिव करिव ३० प्रतिशतको हाराहारीमा छ । हामी सँग बैदेशिक मुद्राको सञ्चिति करिव करिव १९ खर्ब छ । जुन भनेको नेपालको बस्तु तथा सेवा आयातका लागि साढे १२ महिनाका लागि पुग्छ । यि सबै सूचकहरुले हामीलाई के भनिरहेको छ भन्दा एकदमै राम्रो समय आउदैछ । मानिसहरु सँग प्रसस्त स्रोत छ । अव यसलको अधिकतम तवरको उपयोग र उत्पादनशिल क्षेत्रमा प्रयोग गर्नु पर्नेछ ।

यसकारण हाम्रो अर्थतन्त्रलाई संकटपुर्ण भनिरहनु पर्ने म देख्दिन । केहि समयको अप्ठ्यारो परिस्थति चाही हो । तर त्यसलाई विस्तारै विस्तारै चिर्दै जानु पर्छ । निक्षेप जिडिपिको आकार भन्दा ठुलो भएको छ भने कर्जा जिडिपिको ८० प्रतिशत छ । अझ केहि लगानीका लागि स्पेस बाँकी छ । यस कारणले पनि हामी आत्तीनु पर्ने अवस्थामा छैनौ ।

तर अहिलेको अवस्था सिथिल चाही पक्कै हो । यसमा हाम्रा कयौ दोसहरु होलान् । हामीले अरुलाई मात्रै दोष लगाएर हुँदैन । हाम्रा पनि कमि कमजोरी होलान् । अरुलाई दोस दिएर मात्रै हुँदैन गभर्नर ज्यू आएदेखि नै कोभिड सुरु भएर अहिलेसम्मको अवस्था आएको छ । उहाँको टिमले स्थायित्व कायम गर्न सकेको छ । सबै कुराहरु सामान्य रुपमा चलिरहेको जस्तो पनि देखिन्छ । सबै कुराहरु हिडिरहेकै जस्तो देखिन्छ । यस्ता गतिविधि भने हुनै पर्छ । एकै ठाउँमा बस्यौ भने अगाडी बढ्न सक्दैनौ ।

सबैभन्दा ठुलो कुरा हाम्रो आत्मविश्वास हो । इच्छाशक्ति हो । नेपाल सरकारले यस वर्ष १४ खर्ब राजश्व संकलन गर्ने लक्ष्य लिएको छ । तर अहिलेसम्म करिव करिव ६५ प्रतिशत मात्रै लक्ष्य पुरा गरेको छ । त्यस्तै सरकारले १७ खर्ब ५१ अर्ब खर्च गर्ने भनेको छ । अहिलेसम्म १२ खर्ब १६ अर्ब रुपैयाँ खर्च भइसकेको छ ।

असार १० गतेसम्मको पूँजीगत खर्च हेर्यो भने जम्मा एक खर्ब ४१ अर्ब मात्रै खर्च भएको छ । सरकारले यहाँनेर पो ह्यामबर गर्ने पो हो कि । यि कुराहरुलाई नजिकबाट विश्लेषण गर्नु पर्ने देखिन्छ । अवका दिनमा हामीले ठुलो मात्रामा वित्तीय खर्चका लागि पैसा छुट्टाउनु पर्नेछ ।

यो रकम पूँजीगत खर्च भन्दा धेरै भइसकेको छ । यि सूचकले आगामी दिनको अवस्थालाई केहि न केहि रुपमा देखाइरहेको छ । यि सबै कुराहरुलाई व्यवस्थापन गर्न सक्छौ भन्ने भावना विकास गर्नु पर्नेछ । यसका लागि सबैले आ-आफ्नो ठाउँबाट व्यवस्थापन गर्नु पर्छ । केहि समयदेखि बैंकहरुको अवस्था पनि पक्कै राम्रो छैन । हामीले पनि मौद्रिक नीति प्रति केहि अपेक्षा गरेका छौ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया