NIMB Header 2
Nepal Life

नेप्सेमा ८.२४ अंकको गिरावट, तीन समूह १ प्रतिशतभन्दा कमले बढ्दा सबैभन्दा बढी घट्नेमा वित्त

National Life
  • BFIS News
  • 2024 Jun 27 15:48
नेप्सेमा ८.२४ अंकको गिरावट, तीन समूह १ प्रतिशतभन्दा कमले बढ्दा सबैभन्दा बढी घट्नेमा वित्त
Sanima Reliance

काठमाडौं । आज नेप्से परिसूचक ८.२४ अंकले घटेको छ। नेप्से ०.४० प्रतिशतले घटेर २०५१.९२ विन्दुमा बन्द भएको छ। आज कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।

Shikhar
NIMB

बुधबार ४ अर्ब ५ करोड ८० लाख ४७ हजार ७३४ रूपैयाँको सेयर कारोबार भएकोमा बिहीबार ३ अर्ब ७१ करोड ५९ लाख ३ हजार ८२४ रूपैयाँको सेयर कारोबार भएको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकममा ३४ करोड रूपैयाँ कमी आएको हो।

यस दिन ३३३ वटा धितोपत्रको ८९ लाख एक हजार १९५ कित्ता सेयर किनबेच भएको हो।

बिहीबार ४७ कम्पनीको सेयर मूल्य बढेको छ भने १८८ वटाको घटेको छ। यस्तै, ११ कम्पनीको मूल्य स्थिर रहेको छ।

आज त्रिशूली जलविद्युतको सेयर मूल्य सर्वाधिक ७.०९ प्रतिशतले बढेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य ४९९ रूपैयाँ ९० पैसा कायम भएको छ। ११% महालक्ष्मी डिबेञ्चर २०८९ को सेयर मूल्य ६.०२ प्रतिशतले बढेर प्रति  डिबेञ्चर मूल्य एक हजार १४४ रूपैयाँ कायम भएको छ।  

नेपाल फाइनान्सको मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य ९२९ रूपैयाँ ७० पैसा कायम भएको छ। यस्तै, शिवश्री हाइड्रोपावरको मूल्य ७.८१ प्रतिशतले घटेर प्रति कित्ता मूल्य १७७ रूपैयाँमा झरेको छ।

बिहीबार नेपाल फाइनान्सको सर्वाधिक कारोबार भएको छ। कम्पनीको प्रतिकित्ता मूल्य ९२९ रूपैयाँ ७० पैसामा २२ करोड ७६ लाखको सेयर कारोबार भएको छ।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा हिमालयन रि-इन्स्योरेन्स रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ५५३ रूपैयाँमा २१ करोड ४१ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये तीन समूहको परिसूचक १ प्रतिशतभन्दा कमले बढेको छ भने बाँकी १० समूहको परिसूचक घटेको हो। यसदिन वित्त समूहको परिसूचक सर्वाधिक २.२३ प्रतिशतले घटेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया