हिमालयन लाइफका प्रल्हाद तिमल्सिना अभिकर्ता बनेको ५ वर्षदेखि सधै एमडिआरटी, ‘प्रिमियम तिर्न नसक्नेलाई बीमा गराउदिन’

  • गोविन्द राज जोशी
  • 2024 Jun Sat 10:05
हिमालयन लाइफका प्रल्हाद तिमल्सिना अभिकर्ता बनेको ५ वर्षदेखि सधै एमडिआरटी, ‘प्रिमियम तिर्न नसक्नेलाई बीमा गराउदिन’

काठमाडौं । जीवन बीमा अभिकर्ता वित्तीय परामर्शदाता हुन् । जसको सहि परामर्शले लाखौ मानिसहरु बीमाबाट सुरक्षित भएका छन् । यतिमात्रै होइन बीमाको माध्यमबाट उनिहरुको ‘फोर्स सेभिङ’ पनि भइरहेको छ ।

वित्तीय परामर्शदाताका रुपमा काम गरिरहेका अभिकर्ताले कतिपय अवस्थामा कमिशनका लागि क्षमता भन्दा बढिको बीमा गराउने, नसके पछि सरेण्ड गर्न लगाउने गरेका गुनासा नियमित रुपमा सुन्न पाइन्छ । तर बजारमा यस्ता अभिकर्ताहरु पनि छन् जसले गराएका कुनै पनि बीमा सरेण्डर तथा ल्याप्सेस छैनन् ।

हिमालयन लाइफका बरिष्ठ एजेन्सी म्यानेजर प्रल्हाद तिमल्सिना जीवन बीमा व्यवसायमा संलग्न भएको ५ वर्ष भन्दा लामो समय भइसक्यो । उनिले जुन वर्षदेखि काम सुरु गरे त्यस पछि लगातार ४ पटक एमडिआरटी बनिसकेका छन् भने सन् २०२५ को लागि समेत क्वालिफायर्ड हुने अन्तिम चरणमा छन् । यस अवधिमा उनले जति पनि बीमा गरेका छन् सत प्रतिशत पोलिसीले निरन्तरता पाएका छन् । कुनै पनि पोलिसी ल्याप्सेस तथा सरेण्डर नभएको तिमल्सिनाले गर्वका साथ सुनाए ।

काभ्रेपलाञ्चोकको मन्डन देउपुरमा जन्मिएका तिमल्सिना एसएलसी उत्तीर्ण भए पनि काठमाडौं आए । काठमाडौं भित्रिने वित्तीकै २०५८ सालबाट मैतिदेवीमा कपडा पसल खोले । उक्त पसले दाइ भाउजुलाई छाडेर उनि आफैले २०६२ देखि लगनखेलमा अर्को कपडा पसल सञ्चालन गरे । आफ्नै पसल व्यवसाय सञ्चालन गर्दै आएका उनलाई जीवन बीमाको विषयमा खासै चासो थिएन । एलआइसीमा बीमा गरेता पनि उनलाई अभिकर्ताको विषयमा खासै थाहा थिएन् ।

जव साविक युनियन लाइफले २०७६ सालमा लगनखेल स्थित उनको घरमा शाखा कार्यालय खोल्यो । त्यस पछि उनको युनियन लाइफका शाखा प्रमुख तथा कर्मचारी सँग चिनजान तथा नियमित कुराकानी हुन थाल्यो । उनिहरुले तिमल्सिनालाई अभिकर्ताको कोड निकालेर काम गर्न सुझाए ।

लाइसेन्स लिएपछि तत्काल दुई वटा बीमा गराउन सफल भए । व्यवसायमा राम्रो छाप छाडिसकेका तिमल्सिनाले विस्तारै बीमा गराउन थाले । यसरी विस्तारै विस्तारै बीमा गराउन सुरु गरेका उनलाई अहिलेसम्म पछाडी फर्केर हेर्नु परेको छैन ।

अभिकर्ताको काम सुरु गरेको पहिलो वर्षमै सन् २०२१ को लागि एमडिआरटी क्वालिफायर्ड भए । त्यस पछि उनि लगातार सन् २०२२, सन् २०२३, सन् २०२४ का लागि एमडिआरटी क्वालिफायर्ड भइसकेका छन् भने सन् २०२५ का लागि पनि अन्तिम तयारीमा छन् । ४ पटक एमडिआरटी बनिसकेका उनले कहिल्यै पनि सिओटी टिओटीका लागि बलजोड गरेनन् । आफुले मात्रै उपलब्धी हासिल गर्ने भन्दा पनि टिमलाई सँग सँगै अगाडी बढाउनु पर्छ भन्ने भावनाका उनले हरेक वर्ष एकनासको व्यवसाय गर्दै आएका छन् ।

उनले भने ‘आफ्नै व्यवसायिक व्यवस्तता तथा टिमलाई पनि सँग सँगै अगाडी लैजानु पर्छ भन्ने सोचले गर्दा टिओटी तथा सिओटीका लागि त्यति ध्यान दिइएन । अवको दिनमा भने यसका लागि पनि अगाडी बढ्नु पर्छ भन्ने सोच बनाएको छु ।’

लगातार ४ पटक एमडिआरटी भएर ५ औं पटकको तयारीमा रहेका तिमल्सिनाले अहिलेसम्म कसैलाई पनि बीमा गर्नु पर्यो भनेर प्रस्ताव गरेका छैनन् । उनले भने ‘मैले अहिलेसम्म कसैलाई पनि तपाईले यति रुपैयाँको बीमा गरिदिनु पर्यो भनेको छैन ।’ उनको जीवन बीमा गराउने फरक शैली छ । जीवन बीमा गराउनु भन्दा पहिला उनि सबैलाई बीमा भनेको यस्तो हो ? बीमाबाट कस्तो कस्तो फाइदा हुन्छ ? भन्ने कुराको राम्रो सँग उत्तर दिन्छन् ।

कम्पनी अनुसार बोनसदरले प्रतिफलमा केहि थोरै तलमाथि पारे पनि बीमा गर्दा सुरक्षित हुनुका साथै बचत हुने भन्दै सम्झाउने गर्छन् । उनको विशेषता भनेको बीमाको विषयमा राम्रो सँग बुझाउन सक्नु हो । हरेक मानिसका दायित्व तथा जोखिम र क्षमता हुन्छन् । उनि भन्छन् ‘म ६२ लाखको बिवाइडी चड्छु भने मेरो बीमा पोलिसी पनि यो भन्दा माथि हुनु पर्छ ताकी मेरो भ्यालुलाई रिफ्लेक्ट गर्न सकोस् ।’ उनले थपे, आफ्नो भ्यालु अनुसारको बीमा गर्न सकिएन भने आफैले आफैको भ्यालु घटाउने काम हुन्छ ।

यि सबै कुराहरु गरिसके पछि उहाँहरु नै मेरो बीमा गर्नु पर्यो के के कागजपत्र चाहिन्छ भनेर उहाँहरु आउनु हुन्छ, उनले भने । बीमा गराउनु अगाडी लौन मेरो लागि भए पनि बीमा गरिदिनु पर्यो भन्ने भन्दा पनि बीमाको महत्व बुझाएर आवश्यकता बोध गराउनु पर्छ ।

आजका दिनमा एक करोडको घर किन्न पुरै एक करोड पैसा जुटाउनु पर्छ । तर एक करोडको बीमा गर्न पहिलै एक करोड चाहिदैन । उनि भन्छन्, आफ्नो आयस्रोतका आधारमा बीमा अवधि कायम गरि हरेक वर्ष बीमा शुल्क भुक्तानी गरेर एक करोडको सुरक्षा तथा सम्पत्ती खरिद गर्न सकिन्छ ।

अभिकर्तालाई जटिल पेशा भनिन्छ तर उनि कहिल्यै पनि जटिल मान्दैनन् । सबैले गर्न नसक्ने भएकाले नै गर्न सक्नेहरु यस क्षेत्रमा सबैभन्दा सफल देखिएको उनको विश्लेषण छ । उनि भन्छन्, बोटभरी आप छ भने त्यसको खासै महत्व हुँदैन तर बोटमा २/३ वटा मात्रै आप छ भने त्यसको महत्व धेरै हुन्छ । अभिकर्ता पेशामा पनि धेरैले गाह्रो भन्दै भागिरहन्छन् तर जो निरन्तर रुपमा अगाडी बढ्छन् उनिहरुले नै सहजै काम गर्न सक्छन् ।

जीवन बीमा अभिकर्ताले कहिल्यै पनि नकारात्मक भावना बनाउन नहुने उनको विश्लेषण छ । उनले थपे ‘हामीले सधै सकारात्मक भावना बनाउनु पर्छ । आज मैले काम गर्दा अरुले पैसा कमाउने होइन मैले कमाउने हो । यहा राम्रो आम्दानी छ । राष्ट्रिय अन्तर्राष्ट्रिय परिचय बन्छ ।’  

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार