Nepal Life

शेयर बजार घट्दा पनि फाइनान्स र उत्पादनमुलक कम्पनीमा झुम्मिए लगानीकर्ता, केहि कम्पनीमा सिमित भयो बजार

Global Ime detail Page
  • BFIS News
  • 2024 Jun Sun 15:17
शेयर बजार घट्दा पनि फाइनान्स र उत्पादनमुलक कम्पनीमा झुम्मिए लगानीकर्ता, केहि कम्पनीमा सिमित भयो बजार
Sanima Reliance

काठमाडौं । शेयर बजार लगातार घट्दा पनि फाइनान्स र उत्पादन तथा प्रशोधनमुलक कम्पनीमा लगानीकर्ताको आकर्षण यथावत देखिएको छ । व्याज र किस्ताको जोहो गरिरहेका लागनीकर्ताले फाइनान्स र उत्पादन तथा प्रशोधनमुलक कम्पनीबाट राम्रो पैसा उठाइरहेका छन् । अर्को तर्फ असार पनि बजार माथि जाने विश्लेषण गरिरहेका लगानीकर्ताले बजार नकारात्मक हुँदा पनि महंगोमा लो क्यापका शेयर उठाइरहेका छन् । 

NIMB

सरकारले पूँजी बजार प्रति वेवास्था गर्दा केहि सिमित कम्पनीमै बजार सिमित भएको बजार विश्लेषक घनश्याम पाण्डे बताउछन् । बजार घट्यो घट्यो भन्दा पनि केहि लगानीकर्ताले बजारबाट राम्रो पैसा कमाइरहेको अर्का बजार विश्लेषक नवराज दाहालको विश्लेषण छ । 

आज शेयर बजार १४.८३ अंकले घट्दा तीन अर्ब ६० करोडको कारोबार भयो । १९० वटा कम्पनीको शेयर मूल्यमा गिरावट आउदा ४९ वटा कम्पनीको शेयर मूल्यमा भने सामान्य सुधार देखिएको छ । 

केहि जलविद्युत कम्पनीको शेयर मूल्यमा पनि क्रमिक सुधार भइरहेको छ । असार मसान्त पछि बजार बढ्ने लगानीकर्ताको विश्लेषण छ । यसले गर्दा लगानीकर्ताहरुले शेयर सञ्चित गरिरहेका छन् । शेयर सञ्चित गर्दा बजारमा जुन किसिमका नकारात्मक कुराहरु आइरहेका छन् त्यस हिसावले घटेको भने छैन । 

राष्ट्र बैंकले साउन पहिलो साता मौद्रिक नीति सार्वजनिक गर्नेछ । मौद्रिक नीतिले केहि खुकुलो गरे पनि शेयर धितो कर्जामा लगाउदै आएको सिमाका विषयमा भने गभर्नर महाप्रसाद अधिकारीले सार्वजनिक मञ्चमा केहि पनि बोलेका छैनन् । 

अर्को तर्फ साउन पहिलो र दोस्रो सातामा सूचिकृत कम्पनीहरुले चौथो त्रैमाशिक अवधिको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्नेछन् । तर अधिकाम्सको वित्तीय विवरण राम्रो आउने अवस्था छैन । यसले गर्दा साउन पछि जुन किसिमले बजार बढ्छ भनेर हल्ला चलाइरहेको छ त्यस अनुरुप बढ्ने कुरामा पनि संका छ । 

अवको केहि समय धितोपत्र बोर्डको अध्यक्ष समेत नियुक्ति हुने छाटकाट छैन । अहिलेका कार्यवहाक अध्यक्षले नियमित काम कारबाही बाहेक महत्वपुर्ण निर्णय तथा कदम चाल्ने छैनन् । यसले गर्दा पनि लगानीकर्तामा कन्फिडेन्स छैन । जवसम्म बैंक वित्तीय संस्थाको शेयरमा सुधार आउदैन तवसम्म बजारले गति दिने देखिदैन । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया