NIMB Header 2
Prabhu Mahalaxmi

महिन्द्राको विद्युतीय एक्सयुभी ४०० को नेपाली बजारमा बिक्री सुरु, कति पर्छ मूल्य?

United Ajod
  • BFIS News
  • 2024 Jun 30 15:59
महिन्द्राको विद्युतीय एक्सयुभी ४०० को नेपाली बजारमा बिक्री सुरु, कति पर्छ मूल्य?
IME LIFE

काठमाडौं । महिन्द्रा एन्ड महिन्द्रा लिमिटेडले महिन्द्रा एक्सयुभी ४०० सार्वजनिक गरेको छ। योसँगै एक्सयुभी ४०० नेपालको लागि महिन्द्राको पहिलो विद्युतीय गाडीको रूपमा स्थापित भएको कम्पनीले जनाएको छ।

Nepal Life
NIMB

एक्सयुभी ४०० उच्च–प्रदर्शन, स्टाइलिस र प्राविधिक रूपमा सक्षम गाडीको रुपमा रहेको छ। स्ट्यान्ड आउट एक्सयुभीमा ४०० इएल प्रो भेरियन्ट, शक्तिशाली ३९.४ किलोवाट ब्याट्रीको प्रयोग छ।

विशेषगरी नेपाली बजारका लागि यो संस्करणले उत्कृष्ट रहने दाबी कम्पनीको छ।

महिन्द्रा एड महिन्द्रा लिमिटेडको अटोमोटिभ डिभिजनका अन्तर्राष्ट्रिय परिचालन प्रमुख सचिन अरोलकरले नेपालमा महिन्द्रा एक्सयूभी ४०० प्रस्तुत गर्न पाउँदा खुसी लागेको बताए।

एक्सयुभी ४०० ब्याट्री र मोटरमा ३ वर्षको वारेन्टीको साथ उपलब्ध हुने कम्पनीले बताएको छ। जसले सुरक्षित र समस्यामुक्त अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ।

एक्सयुभी ४०० को २९ जुनबाट बुकिङ सुरू भएको भएको छ। एक्सयुभी ४०० इएलको मूल्य ५२ लाख ५० हजार रूपैयाँ रहेको छ।

शेयर गर्नुहोस

Nepal Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया