Nepal Life

लगानीकर्तालाई निरुत्साहित पार्ने काम बन्द गर्न लगानीकर्ताको आह्वान, सडकमा उत्रिने चेतावनी

Global Ime detail Page
  • BFIS News
  • 2024 Jun Sun 16:36
लगानीकर्तालाई निरुत्साहित पार्ने काम बन्द गर्न लगानीकर्ताको आह्वान, सडकमा उत्रिने चेतावनी
Sanima Reliance

काठमाडौं । लगानीकर्ताका संघ संघठनले संयुक्त रुपमा प्रेश विज्ञप्ती जारी गर्दै नेपाल राष्ट्र बैंक तथा नियामिक निकायका पदाधिकारीहरुलाई शेयर बजारलाई प्रभावित पार्ने गरि अभिव्यक्ति नदिन आह्वान गरेका छन् ।

 

NIMB

जनरल इन्भेष्टर एशोसिएसनका अध्यक्ष दिपक कार्की, नेपाल शेयधनी संघका अध्यक्ष घनश्याम पाण्डे, नेपाल धितोपत्र लगानीकर्ता संघका अध्यक्ष प्रकाश रजौरे र साधारण लगानीकर्ता संघका अध्यक्ष ऋतुजंग जि.सीले संयुक्त रुपमा मौद्रिक नीति मार्फत अर्थतन्त्रलाई चलायमान बनाउने नीति तय गर्न अनुरोध गरेका छन् । अन्यथा लगानीकर्ताहरुको बाध टुट्ने र आन्दोलनका लागि सडकमा उत्रिने उनिले चेतावनी दिएका छन् ।

उनिहरुले नेपालको अर्थतन्त्र दयनिय अवस्थामा पुगेको बताएका छन् । धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका क्रममा देखिएको लगानीकर्ताको आशंकालाई चिर्दै प्रकृयालाई नै रद्द गरेकोमा उनिहरुले सरकारलाई धन्यवाद दिएका छन् ।

उनिहरुले अव बोर्डको अध्यक्षमा नियुक्ति हुने व्यक्ति स्वतन्त्र, विज्ञ, अनुभवी, राष्ट्रिय अन्तर्राष्ट्रिय पूँजीबजार सम्बन्धि ज्ञान भएको, आम लगानीकर्ताको अभिभावकत्व ग्रहण गर्नसक्ने आउनु पर्ने उनिहरुले बताएका छन् । लगानीकर्ताले यो प्रक्रिया यथाशक्य छिटो र छरितो माध्यमबाट पूरा गर्न जोडदार माग गरेका छन् ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया