Nepal Life

अपर तामाकोशी हाइड्रोपावरको बुक क्लोज आज, अव शेयर किन्नेले हकप्रद भर्न नपाउने

Global Ime detail Page
  • BFIS News
  • 2023 Aug Fri 07:19
अपर तामाकोशी हाइड्रोपावरको बुक क्लोज आज, अव शेयर किन्नेले हकप्रद भर्न नपाउने
Sanima Reliance

काठमाडौं । अपर तामाकोशि हाइड्रोपावर कम्पनीले हकप्रद शेयर निष्काशन प्रयोजनका लागि आज एक दिन बुक क्लोज गर्ने भएको छ । हिजोसम्म शेयर खरिद गर्नेले मात्रै कम्पनीले निष्काशन गर्न थालेको हकप्रदमा आवेदन दिन पाउने छन् ।

NIMB

कम्पनीले अवको केहि दिनमा हकप्रद शेयर निष्काशनको सूचना जारी गर्नेछ । त्यस पछि मात्रै हकप्रद शेयरमा आवेदन दिन पाइनेछ ।

कम्पनीले १०० अंकित दरका कुल १० करोड ५९ लाख कित्ता हकप्रद शेयर जारी गर्ने छ । हाल कम्पनीको चुक्तापूँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको छ । हकप्रदको निष्काशनको तथा बिक्री प्रबन्धकमा नागरिक लगानी कोष र सनराइज क्यापिटल लिमीटेड रहेका छन् । हकप्रद निष्काशन पश्चात कम्पनीको चुक्तापूँजी २१ अर्ब १८ करोड पुग्नेछ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया