NIMB Header 2
Nepal Life

सरकार परिवर्तनको मुखैमा धितोपत्र बोर्डको अध्यक्ष सिफारिसका लागि नयाँ समिति गठन

National Life
  • BFIS News
  • 2024 Jul 02 04:43
सरकार परिवर्तनको मुखैमा धितोपत्र बोर्डको अध्यक्ष सिफारिसका लागि नयाँ समिति गठन
Sanima Reliance

काठमाडौं । सत्ता समिकरणको मुखैमा सरकारले सोमबार नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया अगाडी बढाउनका लागि पुन सिफारिस समिति गठन गरेको छ । जवकी सत्ता साझेदार नेकपा एमालेले आज सरकारलाई दिएको विश्वासको मत फिर्दा लिदैछ । 

Shikhar
NIMB

नेपाली काङ्ग्रेस र नेकपा एमाले विच सत्ता साझेदारीका लागि सहमति भए सँगै अव नयाँ सरकार बन्नेछ । यसले गर्दा धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रकृयाँ पुर्ण रुपमा नयाँ तरिकाबाट अगाडी बढ्ने देखिएको छ ।

मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको संयोजकत्वमा गठन गरेको तीन सदस्यीय सिफारिस समितिमा अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी पदेन सदस्य हुन्छन् भने अर्का सदस्यमा व्यवस्थापनका प्राध्यापक उदय निरौला पुनः नियुक्त भएका छन् ।

धितोपत्र बोर्डको अध्यक्ष सिफारिस समितिले बोलाएको अन्तर्वार्ता तथा प्रस्तुतीकरणमा दुईजना उम्मेदवार मात्रै उपस्थित भएपछि यसअघिको सिफारिस समितिले त्यसको प्रक्रिया नै पूरै रद्द गरेको थियो ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया