अर्थमन्त्रीमा विष्णु पौडेल आउने चर्चा सँगै कारोबार खुलेको एक मिनेटमै सर्किट ब्रेक, २० मिनेटका लागि कारोबार बन्द
- BFIS News
- 2024 Jul Tue 11:04
काठमाडौं । सत्ता समिकरणमा आएको परिवर्तन सँगै मंगलबार कारोबार खुलेको एक मिनेटमै सकारात्मक सर्किट लागेको छ । मंगबालर नेप्से सूचक एक मिनेटमै ४ प्रतिशतले बृद्धि भए पछि २० मिटेका लागि कारोबार बन्द भएको छ ।
नियम अनुसार बजार खुलेको पहिलो १ घण्टाभित्र ( नप्सेमा ११ देखि १२ बजेसम्म) नेप्से परिसूचक ४ प्रतिशतले घट्यो वा बढ्यो भने भने सर्किट लगाई २० मिनेटका लागि कारोबार बन्द गरिन्छ । जसले मार्केटलाई कुलडाउन गराउनमा सहयाेग गर्छ । नेप्से सूचक ८२.४८ अंकले बढेर २१३५.८७ अंक कायम भएको छ ।
प्रि-ओपन सेसन
प्रतिक्रिया