नेप्सेमा दोस्रो सर्किट ब्रेक, फेरि ४० मिनेटको लागि शेयर कारोबार बन्द, १०२ अंकले बढ्यो

  • BFIS News
  • 2024 Jul Tue 11:25
नेप्सेमा दोस्रो सर्किट ब्रेक, फेरि ४० मिनेटको लागि शेयर कारोबार बन्द, १०२ अंकले बढ्यो

काठमाडौं । कारोबार खुलेको एक मिनेटमै सर्किट लागेर २० मिनेटका लागि कारोबार बन्द भएर खुलेको शेयर बजारमा दोस्रो पटक पनि सकारात्मक सर्किट लागेर बन्द भएको छ । दोस्रो पटक ५ प्रतिशत अर्थात १०२.६८ अंकले बढेर अवको ४० मिनेटका लागि कारोबार बन्द गरिएको छ । 

प्रिओपन सेसनमै ३२.४४ अंकले बढेको थियो । प्रिओपन सेसन पछि ११ बजे कारोबार खुल्दा एक मिनेटमै ४ प्रतिशत अर्थात ८२.४८ अंकले बढेर पहिलो सर्किट लागेको थियो । यसरी पहिलो र दोस्रो सर्किट एक मिनेट पनि कारोबार नभइ बन्द भएको छ । अव ४० मिनेट पछि बजार ६ प्रतिशतले बढ्यो भने आज दिनभरका लागि कारोबार बन्द हुनेछ । 

सत्ता समिकरणमा भएको परिवर्तन र शेयर बजारले रुचाइएका  विष्णु पौडेल पुन अर्थमन्त्री बन्ने चर्चाले बजारमा उछाल आएको हो । केहि फाइनान्स र जलविद्युत कम्पनी बाहेक अहिले सबै कम्पनीको शेयर मूल्य तल्लो विन्दुमा छ । यसले पनि दोस्रो बजारमा सहजै सर्किट लाग्न सकेको हो । 

दोस्रो सर्किट

पहिलो सर्किट

ओपन सेसन

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया