नेप्सेमा कसरी लाग्छ सर्किट ब्रेक, यस्तो छ नियम

  • BFIS News
  • 2024 Jul Tue 11:31
नेप्सेमा कसरी लाग्छ सर्किट ब्रेक, यस्तो छ नियम

काठमाडौं । शेयर बजार सधै सरल रेखामा हिड्दैन । कहिले एकदमै उछाल आउछ भने केहि एकदमै तल झर्छ । बजार अनियन्त्रित नहोस् भनेर अनियन्त्रित बजारलाई नियन्त्रण गर्न सर्किट सम्बन्धी व्यवस्था गरिएको हुन्छ । यो अत्याधिक सकारात्मक (पोजेटिभ) र नकारात्मक (नेगेटिभ) दुवै किसिमको हुने गर्दछ ।

अन्तर्राष्ट्रिय अभ्यास र बजारको आवश्यकता अनुसार नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले २०७५ चैत १९ देखि सेयर बजारमा सर्किट सम्बन्धी नयाँ व्यवस्था लागू गरेको थियो । जस अनुसार एक कारोबार दिनमा ३ पटकसम्म सर्किट ब्रेक लगाइने व्यवस्था गरिएको छ ।

उक्त नियम अनुसार कारोबार दिनमा बजार खुलेको पहिलो १ घण्टाभित्र ( नप्सेमा ११ देखि १२ बजेसम्म) नेप्से परिसूचक ४ प्रतिशतले घट्यो वा बढ्यो भने भने सर्किट लगाई २० मिनेटका लागि कारोबार बन्द गरिन्छ । जसले मार्केटलाई कुलडाउन गराउनमा सहयाेग गर्छ ।

यसैगरी कारोबार शुरु भएकोे दोस्रो घण्टाभित्र (१२ देखि १ बजेसम्म) नेप्से परिसूचक ५ प्रतिशतले घट्यो वा बढ्यो भने पुनः सर्किट लगाई ४० मिनेटका लागि कारोबार रोकिन्छ । यस्तै दोस्रो सर्किटपछि पनि सूचक एकोहोरो घट/बढ हुने क्रम निरन्तर रह्यो भने सो दिनका लागि तेस्रो पटक सर्किट लगाई कारोबार पूर्ण बन्द गरिन्छ । अर्थात् बजार खुलेको तेस्रो घण्टाभित्र वा त्यसपछिको अवधिमा ( १ बजेदेखि ३ बजेसम्मको बीचमा) परिसूचक ६ प्रतिशतले घट्यो वा बढ्यो भने सर्किट ब्रेक लगाइ सो दिनको बाँकी अवधिको कारोबार पूर्ण रुपमा बन्द गरिन्छ ।

कम्पनीको हकमा भने प्रत्येक कारोबारमा २ प्रतिशतका दरले अधिकतम १० प्रतिशत घट/बढ भएपछि सो कम्पनीको सेयर मूल्यमा सर्किट लाग्ने व्यवस्था छ । यस्तो अवस्थामा कारोबार नै बन्द त हुँदैन तर उक्त दिनमा १० प्रतिशतको घटबढ सम्ममा मात्र कारोबार गर्न पाइन्छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया