तेस्रो सर्किटको अपेक्षा गरिएको बजारमा एकाएक करेक्सन, प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने अडानपछि हच्किए लगानीकर्ता

  • BFIS News
  • 2024 Jul Tue 12:18
तेस्रो सर्किटको अपेक्षा गरिएको बजारमा एकाएक करेक्सन, प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने अडानपछि हच्किए लगानीकर्ता

काठमाडौं । सत्ता समिकरणमा आएको परिवर्तन सँगै मंगबार कारोबार खुलेको पहिलो मिनेटमै पहिलो सर्किट लाग्यो । २० मिनेटमा अर्को सर्किट लागेर ४० मिनेटका लागि कारोबार बन्द भयो । लगानीकर्ताले तेस्रो सर्किट लाग्ने अपेक्षा गरेका थिए । तर प्रधान्त्री प्रचण्डले तत्काल राजिनामा नदिने अडान राखे पछि लगानीकर्ता हच्किए । 

राजनीतिक घटनाक्रमलाई नजिकबाट नियाली रहेका लगानीकर्ताले ५ प्रतिशतको सुधारमै नाफा बुक गर्न खोज्दा बजार उल्टै तल झर्यो । तेस्रो सर्किट लाग्न नसके पछि अन्तत बजार सामान्य सुधारको अवस्थामा आएको छ । अव प्रचण्डले संसदमा अविश्वासको सामाना गर्ने छन् । त्यस पछि मात्रै नयाँ सरकारको गठन प्रक्रिया अगाडी बढ्नेछ । 

आज राति दुई राजनीतिक दल नेकपा एमाले र नेपाली कांग्रेस विच राष्ट्रिय सहमतिको सरकार बनाउने सहमति भएको थियो । सहमति सँगै केपि शर्मा वली प्रधानमन्त्री बन्ने तय गरिएको थियो । सरकारमा नेकपा एमालेकै तर्फबाट अर्थमन्त्री र गृहमा नेपाली कांग्रेस जाने सहमति पनि भएको छ । 

नयाँ राजनीतिक गठबन्धनले प्रधानमन्त्री प्रचण्डलाई सरकारबाट राजनीतिमा दिन अनुरोध गरेका थिए । तर उनले नमाले पछि अवको घटना क्रम कसरी अगाडी बढ्छ भन्ने कुराको अन्योलता पनि छाएको छ । यसले गर्दा तेस्रो सर्किट लाग्न सकेन । 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया