Nepal Life

शेयर बजारलाई २२ सयको अवरोध विन्दु तोड्न सकस, सकारात्मक राजनीतिक फण्डाले पनि काम गरेन

Global Ime detail Page
  • BFIS News
  • 2024 Jul Tue 15:12
शेयर बजारलाई २२ सयको अवरोध विन्दु तोड्न सकस, सकारात्मक राजनीतिक फण्डाले पनि काम गरेन
Sanima Reliance

काठमाडौं । राजनीति बृत्तमा आएको भुइचालोले हौसिएका लगानीकर्ताहरु आज शेयर बजारले २२ सयको अवरोध विन्दु तोड्ने भन्दै हौसिएका थिए । तर तीन वर्षदेखि चट्टान झै नडगमगाइ बसेको २२ सयको अवरोधलाई नेप्सेले आज पनि तोड्न सकेन । 

NIMB

आज राती दुई प्रमुख राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमाले विच भएको सत्ता साझेदारीको सहमतिले कारोबार खुल्ने वित्तीकै सर्किट हानेको थियो । प्रि ओपनिङ सेसनमै ३२.४४ अंकले सुधार भयो । कारोबार खुलेको एक मिनेटमै ४ प्रतिशतले बढेर पहिलो सर्किट ब्रेक लाग्यो । २० मिनेटको अवरोध पछि २१ औं मिनेटमा खुलेको बजारमा पनि एक मिनेट नवित्दै ५ प्रतिशतले बढेर दोस्रो सर्किट ब्रेक लाग्यो । दोस्रो सर्किट ब्रेक पछि ४० मिनेट कारोबार बन्द भयो । ४० मिनेट पछि पनि ६ प्रतिशतले बढेर आजको कारोबार बन्द हुने अपेक्षा गरिएको थियो । 

यहि अवधिमा प्रधानमन्त्री प्रचण्डले तत्काल राजिनामा नदिने संसदमा विविश्वासको मतको सामना गर्ने बताए सँगै बजारमा सर्किट लाग्नुको सट्टा झन् तल झर्यो । प्रचण्डको राजनीतिक कदम सँगै लगानीकर्ताहरुमा आशंका भयो । भोलि के हुने हो टुङ्गो नभए पछि बजार बढ्नुको सट्टा करेक्सन भयो ।

यस सँगै आज ४७.०४ अंकको बृद्धिमै सिमित भयो । बजार २१५६ सम्म पुगेर अन्तत २१०० सयमै रोकियो । यसबाट पनि बजारमा २२ सयको अवरोध विन्दु धेरै स्ट्रङ रहेको पुष्टी हुन्छ । यदि बजारले २२ सयको अवरोध तोड्यो भने चाँही बजार धेरै माथि पुग्ने प्राविधिक विश्लेषकहरु बताउछन् । 

यहि अवरोधलाई मध्यनजर गर्दै लगानीकर्ताहरुले लो क्यापका कम्पनीमै खेलिरहेका छन् । अधिक पूँजी भएका कम्पनीको शेयर मूल्य ओरालो झर्दै गर्दा लो क्यापका कम्पनीको शेयर मूल्यले आकास चुमिसकेको छ । यहिबाट सिमित लगानीकर्ताले राम्रो पैसा पनि बनाउन भ्याएका छन् । 

आज २२७ वटा कम्पनीको शेयर मूल्यमा सुधार आउदा १७ वटाको शेयर मूल्य तल झरेको छ । कारोबार रकम ४ अर्ब ५७ करोडको भएको छ । यस अवधिमा व्याज र किस्ताको जोहो गर्नु पर्ने लगानीकर्ताले भने राम्रो अवसर पाएका छन् । 

दोस्रो सर्किट

पहिलो सर्किट

ओपन सेसन

 

 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया