NIMB Header 2
Nepal Life

वित्त र व्यापार समूहमा लगानीकर्ताको आकर्षण, चार कम्पनीको सेयर मूल्य सर्किट लेभलमा बढ्यो

National Life
  • BFIS News
  • 2024 Jul 03 15:35
वित्त र व्यापार समूहमा लगानीकर्ताको आकर्षण, चार कम्पनीको सेयर मूल्य सर्किट लेभलमा बढ्यो
Sanima Reliance

काठमाडौं । बुधबार नेप्से परिसूचक ३.७९ अंकले बढेको छ। यसदिन नेप्से ०.१८ प्रतिशतले बढेर २१०४.२२ विन्दुमा बन्द भएको हो।

Shikhar
NIMB

बुधबार कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ। मंगलबार चार अर्ब ५७ करोड ६८ लाख ३१ हजार ७२० रूपैयाँको सेयर कारोबार भएकोमा बुधबार पाँच अर्ब ८ करोड ३५ लाख २८ हजार ९३५ रूपैयाँको सेयर कारोबार भएको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकममा ५१ करोड रूपैयाँ वृद्धि भएको हो।

यस दिन ३१४ वटा धितोपत्रको एक करोड ७१ लाख ३४ हजार ८२ कित्ता सेयर किनबेच भएको हो। बुधबार १०१ कम्पनीको सेयर मूल्य बढेको छ भने १३६ वटाको घटेको छ। यस्तै, १० कम्पनीको मूल्य स्थिर रहेको छ।

यसदिन चार वित्त कम्पनीको सेयर मूल्य सर्किट लेभलमा बढेको छ।

सेन्ट्रल फाइनान्स, आइसिइफसी फाइनान्सको मूल्य १० प्रतिशतका दरले बढेको छ भने गुहेश्वरी मर्चेन्ट एण्ड फाइनान्सको मूल्य ९.९८ प्रतिशत र मन्जुश्री फाइनान्सको मूल्य ९.९६ प्रतिशतले बढेको छ।

चिरख्वा हाइड्रोपावरको मूल्य सर्वाधिक ४.७० प्रतिशतले घटेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य एक हजार ५८६ रूपैयाँ १० पैसा कायम भएको छ। यस्तै, हिमालयन ऊर्जा विकास कम्पनीको मूल्य ४.२७ प्रतिशतले घटेर प्रति कित्ता मूल्य २६९ रूपैयाँमा झरेको छ।

बुधबार मन्जुश्री फाइनान्सको सर्वाधिक कारोबार भएको छ। कम्पनीको प्रतिकित्ता मूल्य ५९४ रूपैयाँ ९० पैसामा २३ करोड १ लाखको सेयर कारोबार भएको छ।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा आइसिएफसी फाइनान्स रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ६२२ रूपैयाँ ६० पैसामा १७ करोड ४९ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।  

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये पाँच समूहको परिसूचक बढेको छ भने बाँकी आठ समूहको परिसूचक घटेको छ। यसदिन व्यापार समूहको परिसूचक सर्वाधिक ६.१२ प्रतिशतले बढेको छ। यस्तै, वित्त समूहको परिसूचक ६.०४ प्रतिशत र विकास बैंकको परिसूचक २.७१ प्रतिशतले बढेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया