NIMB Header 2
Nepal Life

नागरिक लगानी कोष र हिमालयन उर्जा विकास कम्पनीको सेयरमूल्य समायोजन

National Life
  • BFIS News
  • 2024 Jul 04 08:36
नागरिक लगानी कोष र हिमालयन उर्जा विकास कम्पनीको सेयरमूल्य समायोजन
Sanima Reliance

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको सेयरमूल्य समायोजन भएको। नागरिक लगानी कोष र हिमालयन उर्जा विकास कम्पनीको सेयरमूल्य समायोजन भएको हो।

Shikhar
NIMB

नेप्सेले कोषको १४ प्रतिशत बोनस सेयर समायोजन गरेको हो। समायोजपश्चात कम्पनीको सेयरमूल्य १ हजार ८७३ रुपैयाँ ६८ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा कम्पनीको सेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात बुधबार, दोस्रो बजारमा कम्पनीको सेयर प्रतिकित्ता २ हजार १३६ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

यस्तै हिमालयन उर्जाको शतप्रतिशत हकप्रद सेयर समायोजन भएको छ। बुधबार २६९ रुपैयाँमा अन्तिम कारोबार भएको यस कम्पनीको सेयरमूल्य समायोजपश्चात १८४ रुपैयाँ ५० पैसा कायम भएको छ।

यही समायोजित मूल्यलाई आधार मानेर दोस्रो बजारमा यी कम्पनीहरुको सेयर कारोबार खुल्नेछ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया