नागरिक लगानी कोष र हिमालयन उर्जा विकास कम्पनीको सेयरमूल्य समायोजन
- BFIS News
- 2024 Jul 04 08:36
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको सेयरमूल्य समायोजन भएको। नागरिक लगानी कोष र हिमालयन उर्जा विकास कम्पनीको सेयरमूल्य समायोजन भएको हो।
नेप्सेले कोषको १४ प्रतिशत बोनस सेयर समायोजन गरेको हो। समायोजपश्चात कम्पनीको सेयरमूल्य १ हजार ८७३ रुपैयाँ ६८ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा कम्पनीको सेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात बुधबार, दोस्रो बजारमा कम्पनीको सेयर प्रतिकित्ता २ हजार १३६ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।
यस्तै हिमालयन उर्जाको शतप्रतिशत हकप्रद सेयर समायोजन भएको छ। बुधबार २६९ रुपैयाँमा अन्तिम कारोबार भएको यस कम्पनीको सेयरमूल्य समायोजपश्चात १८४ रुपैयाँ ५० पैसा कायम भएको छ।
यही समायोजित मूल्यलाई आधार मानेर दोस्रो बजारमा यी कम्पनीहरुको सेयर कारोबार खुल्नेछ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)










.jpg)






प्रतिक्रिया